शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फसेका पर्यटकहरु तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्दै ओयो होटेल

बुधबार, १९ चैत २०७६, १९ : ५२
बुधबार, १९ चैत २०७६

काठमाडौं— ओयो होटेल एण्ड होम्सले आज नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । 

सरकारले नोबल कोरोनाभाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि लकडाउनमा छ । यो घडिमा ओयो पूर्ण ऐक्यवद्धताका साथ देशसँग खडा छ र सरकारले लिएको कदमहरुलाई समर्थन गर्दछ र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्ने जनाएको छ ।

आज अप्रिल १ तारिख देखि शुरु भएर चयन गरिएका ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्ने छ । लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको छ । सरकारले सिफारिस गरेको सम्पूर्ण चेकजाँच र उपायहरु प्रति कम्पनी पूर्णरुपमा पालना गर्न तयार रहेको पनि जनाएको छ ।

होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेकइन गर्नु अगावै कोरोनाभाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ ।

ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको पनि जनाएको छ । 

ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने, ‘कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं । हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप