कोरोनाभाइरस विरुद्धको ग्लोबल फण्डमा स्ट्याण्डर्ड चार्टर्डको ५० मिलियन डलर सहयोग
काठमाडौं– स्टयाण्डर्ड चार्टर्ड बैंकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध ५० मिलियन डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बैंकले कोरोना विरुद्ध औषधि एवं अन्य मेडिकल उपकरणहरु उत्पादन गर्ने कम्पनीलाई आर्थिक सहायता दिने जनाएको हो ।
स्टयाण्डर्ड चार्टर्डको यो योजनामा कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि आवश्यक सामग्री फार्मेसी उद्योगका उत्पादक तथा वितरक र स्वास्थ्य स्याहार प्रदायक कम्पनीहरु पर्ने बताइएको छ । बैंकले पीपीई, भेन्टिलेटर, मास्क, सेनिजाइजर र अन्य उपभोग्य सामग्री निर्माणको क्षमता बढाउन स्वयंसेवकको रुपमा काम गर्ने गैर–चिकित्सा कम्पनीलाई पनि वित्तीय सहयोग गर्ने बैंकले जनाएको छ ।
स्टयाण्डर्ड चार्टर्ड समूहले तत्काल सबैभन्दा बढी प्रभावित बजारहरुमा आपतकालिन राहतलाई सहयोग पुर्याउन २५ मिलियन डलर सहयोग गर्ने पनि जनाएको छ । र बाँकी २५ मिलियन डलर भाइरसको प्रभावबाट आर्थिक रुपमा कमजोर बनेको समुदायका लागि जाने बैंकले जनाएको छ ।
बैंकका कर्पोरेट कमर्सियल एण्ड इन्स्टिच्युसनल बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत सिमोन कुपरले स्वास्थ्य क्षेत्रका सामग्रीको मागलाई ध्यानमा राखेर सहयोगको योजना बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै