शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा प्रम ओली र प्रचण्डबीच भेटवार्ता

बुधबार, १९ चैत २०७६, १९ : ०६
बुधबार, १९ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्री निवास बालुवारमा भेटवार्ता भएको छ । 
भेटका क्रममा चीनबाट खरिद गरिएको स्वास्थ उपकरण र औषधीका बारेमा मिडियामा आएको चर्चाको विषयमा छलफल हुनुका साथै कोरोना संक्रमणमा सरकारले गर्नुपर्ने कामबारबाहीको विषयमा समेत छलफल भएको थियो । 
 
यस्तै दार्चुला लगायत भारतीय सीमामा अलपत्र परेका नेपालीहरुको समस्या तथा लकडाउनका कारण किसान, मजदुर तथा विपन्न वर्गको राहत र व्यवस्थापनको विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप