शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कसरी फैलिँदै छ कोरोनाभाइरस: ५२ दिनमा ७ जनाको मृत्यु, ९ दिनमै ४५ थपिए

बुधबार, १९ चैत २०७६, १७ : २७
बुधबार, १९ चैत २०७६

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणले गुणात्मक फट्को मार्न थालेको छ । सुरुवाती ५२ दिनसम्म भारतमा कोरोना संक्रमणको ४०३ मामिला पुष्टि भएको थियो भने सात जनाको मृत्यु भएको थियो । तर पछिल्लो ९ दिनमा संक्रमित र मृतकको तथ्याङ्कमा निकै वृद्धि देखिएको छ । पछिल्लो ९ दिनमा संक्रमणको एक हजारभन्दा बढी मामिला पुष्टि भएको छ भने मृतकको संख्यामा ४५ जना थपिएका छन् । अर्थात् भारतमा कोरोना संक्रमणबाट मृतकको संख्या ५२ पुगिसकेको छ ।

कोरोना संक्रमणका कारण भारतमा बुधबारमात्र तीन जनाको मृत्यु भएको हो । बुधबार उत्तरप्रदेशको मेरठामा कोरोना संक्रमित ७२ वर्षीय वृद्धको मृत्यु भएको छ । यसअघि गोरखपुरको बीआरडी मेडिकल कलेजमा भर्ना भएका बस्ती निवासी २५ वर्षीय युवकको पनि बुधबार नै मृत्यु भएको प्रकाशमा आएको थियो । इन्दौरमा पनि ६५ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण बुधबार मृत्यु भएको जनाइएको छ ।
मंगलबार भारतमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । राज्यका हिसाबले भारतमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा महाराष्ट्र छ । महाराष्ट्रमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ । 
भारतमा कोरोना संक्रमणबाट मार्च ११ मा पहिलो मृत्यु भएको थियो । कर्नाटकका ७६ वर्षीय वृद्धको मृत्यु भएको दुई दिनपछि दिल्लीमा दोस्रो संक्रमितको मृत्यु भएको थियो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका विकसित मुलुकले समेत कोरोना संक्रमणका सामू घुँडा टेकेको भन्दै आफ्नो नेतृत्वको सरकारले गरेका कामको बचाउ गरेका छन् । उनले कोरोनाभाइरसको स्वभाव र प्रकृति नै तीव्र गतिमा फैलिने रहेका कारण बचाउ एवं रोकथामका पर्याप्त कदम चाल्दा चाल्दै पनि संक्रमण फैलिन पुगेको बताए ।

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप