शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० घण्टामा २० बेडको आइसोलेसन वार्ड बनाउन जुटे सांसद यादव

बुधबार, १९ चैत २०७६, १७ : १५
बुधबार, १९ चैत २०७६

पर्सा –समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादव २० घण्टामा २० बेडको आइसोलेसन वार्ड बनाउन लागेका छन् । 

संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेको भन्दै उनी नारायणी अस्पतालको छतमा २० बेडको कोरोना संक्रमणका लागि छुट्टै आइसुलेशन वार्ड बनाउने उनी लागेका हुन् ।  उनले स्थानीय सहयोगबाट नै सो वार्ड बनाउन लागेका हुन् । 

मुलुककै पुरानो र मध्य तराईको सबै भन्दा वढी चाप भएको नारायणी अस्पताललाई संघीय र प्रदेश सरकारले वेवास्ता गरेपछि बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा आफू जुटेको सांसद यादवले बताए । 

नारायणी अस्पतालमा पाँच बेडका मात्र आइसोलेशन बेड रहेका छन् । उनले भने, ‘जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका सहयोगमा लगभग १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गर्न लागेको छु । कसैसँग नगद सहयोग लिएको छैन, समान नै खरिद गर्न लगाएको छु ।’ २४ घण्टाभित्र यो आइसोेलेशन वार्ड जसरी पनि तैयार गरिने सांसद यादवले बताए । 

अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोक लगाएपछि बिरामीहरुको यहाँ चाप बढेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप