शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याला मजदुरी गर्नेको चुल्हो बन्न छाड्योः महासंघ

बुधबार, १९ चैत २०७६, १७ : ०७
बुधबार, १९ चैत २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले लकडाउनको अवस्थामा दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने उपभोक्ताहरुको चुलोमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको जनाएको छ । 

विभागका उपसंयोजक बलराम सापकोटाले एक विज्ञप्ति जारी गदै तरकारी लागायत लामो समय  भण्डारण गर्न नसकिने कृषि उपजहरुको बजार व्यवस्थापन हुन नसकिरहेको भन्दै यसबाट मारमा परेका गरिव साना किसानको समस्याको तत्काल उचित व्यवस्थापन तथा प्रभावित किसानहरुलाई राहत प्रदान गर्न आवश्यक रहेको जनाएका छन् ।

विभागले अत्यावश्यक वस्तुहरुमा समेत कृतिम अभाव,मूल्य बृद्धि र कालोबजारी समेत शुरु भइसकेको भन्दै हाल ग्यासमा देखिएको अभावको कारण आयल निगमको व्यवस्थापकीय कमजोरी तथा व्यवसायीको इमान्दारीतामा समेत शंका उव्जेकाले आधा सिलिण्डर ग्याँस बिक्री गर्नेे निर्णयबाट उपभोक्ता ठगिन सक्ने भएकाले यसतर्फ जिम्मेवार वन्न सम्वद्ध अनुरोध पनि गरेको छ । 

‘लकडाउनको विशेष परिस्थितिमा सरकारले अत्यावश्यक वस्तु वा सेवा वन्द नगर्न र घरघरमा पु¥याउन आदेश गर्नु आम उपभोक्ताको पक्षमा खुशीको कुरा भएको छ । तथापी अत्यावश्यक वस्तु र सेवाको बजार तथा आपुर्ति व्यवस्थापन गर्दा कोरोनाको संक्रमण फैलन सक्ने तथ्य प्रति समेत गंभिर हुनुपर्ने, मूल्य र गुणस्तर र उपभोक्ताको समान र सहज पहुँचको लागी गर्नु पर्ने व्यवस्थापकिय चुनौतिलाई पनि त्यत्तिकै महत्वका साथ ध्यान दिन समेत विभाग सम्वद्ध पक्षसंग हार्दिक अनुरोध गर्दछ’,विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी  विषम परिस्थितिमा स्थानीय बजार व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय तहमा रहेकोले स्थानीय तहका जनप्रतिनिधीहरु क्रियाशिलता देखाई बजार व्यवस्थापनका सरोकारवालाहरुसँगको प्रभावकारी समन्वयबाट हरेक वडा तहमा आवश्यक संख्यामा संक्रमणमुक्त पसलहरु तथा घुम्ती पसलहरुको सञ्चालन गर्ने कार्यभार पुरा गरि उपभोक्तालाई दैनिक अत्यावश्यक वस्तु र सेवाको सुनिश्चितता गर्न पनि माग गरेको छ । 

विभागले माहामारीको यस परिस्थितिमा संक्रमण निर्मुल भएको सुनिश्चित नभएसम्म लकडाउनलाई यसको उद्देश्य वमोजिम प्रभावकारी रुपमा पालना गराउनु र क्रमश खुकुलो बनाउँदै जान सरकारलाई सुझाव समेत दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप