स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत
स्वास्थ्य उपकरण खरिद गर्नका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ ।
बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् उक्त सम्झौता रद्ध गरेको बताएका हुन् ।
स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार ओम्नी ग्रुपले काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको उनले बताए ।
साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठले बताए । ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको र थप सामान ल्याउन नसकेको तथा ल्याउने प्रतिवद्धता पनि जाहेर नगरेको भन्दै सम्झौता रद्द गरेको उनको भनाइ छ ।
विभागले सम्झौता गर्दा बजारमूल्यभन्दा अति महङ्गोमा सामान ल्याएर भ्रष्टाचार गरेको भन्दै चौतर्फी विरोधसमेत भएको थियो ।
उनले बिहीबार नयाँ प्रक्रिया सुरु गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण