शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

र्‍यापिड टेस्ट कीटको गुणस्तरमा प्रश्न उठेपछि बोल्यो स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

बुधबार, १९ चैत २०७६, १६ : १०
बुधबार, १९ चैत २०७६

काठमाडौं ।  र्‍यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । 

 चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको सन्दर्भमा  र्‍यापिड टेस्ट कीटबारे पनि प्रश्न उठेपछि मन्त्रालयले आफ्नो प्रष्टीकरण विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । 


 
मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्कीले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले चीनबाट खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको भन्दै परिषद्ले कीट प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भएपछि मात्रै प्रयोगका लागि वितरण हुने बताएका छन् । 

उनले मंगलबारको नियमित पत्रकार सम्मेलनमा  र्‍यापिड टेस्ट कीटबारे सार्वजनिक गरिएको धारणालाई मन्त्रालयले खरिद गरेको  र्‍यापिड टेस्ट कीटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको पनि दावी गरेका छन् । 

‘सरकारले ल्याएको  र्‍यापिड टेस्टकीटको गुणस्तर निक्र्यौल भएपछि मात्रै प्रयोग हुन्छ । अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो’, कार्कीको विज्ञप्तिमा भनिएको छ । 
विज्ञप्तिमा चीनबाट ल्याइएको कीट चीन सरकारले प्रमाणित गरेको कीट भएको पनि दावी गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चीनबाट खरिद गरी ल्याएको  र्‍यापिड टेस्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले टेस्टकीट प्रयोग गरी स्कृनिङ गर्ने र संकास्पदहरुको पीसीआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको हो । अहिले युरोप अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् । 

विज्ञप्तिमा अहिले बजारमा अवैध ढंगले  र्‍यापिड कीट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासोको आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिइ कीटको प्रयोग नगर्न निर्देशन दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप