कालीमाटी तरकारी बजारको भीडले अत्तालिनुपर्ने अवस्था आयो : जोशी
काठमाडौं । कालीमाटी तरकारी बजारमा अत्यधिक भीड देखिन थालेको छ । कोरोना भाइरस संक्रमण हुन सक्ने खतरालाई मध्यनगर गर्दै सरकारले २५ जना भन्दा जम्मा हुन रोक लगाएको भएपनि कालिमाटीमा देखिएको भिडले अत्तालिनुपर्ने स्थिति सृजना गरेको काँग्रेस नेता नवीन्द्रराज जोशीले बताएका छन् ।
उनले कालीमाटीमा लगभग १ पटकमा १०० देखि २००को संख्यामा तछाडमछाड गर्दै गएको देखिएको भन्दै यसबाट स्थानीयहरु त्रसित बनेको बताएका छन् ।
उनले यस्तो अवस्था रोक्न कडाइ गरिनुपर्ने भन्दै सम्बन्धितलाई ४ बुँदे सुझाव दिएका छन्ः
१. तरकारी बजारलाई दुईभागमा बिभाजित गरेर एकपटकमा २५ जना पठाउने, दूरी कायमगर्ने ।
२.तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनिवार्यरुपमा लगाउने र स्यानिटाइज गर्ने ।
३.तरकारी किन्न जानेहरुले पनि पञ्जा माक्स र स्यानिटाइज गर्ने ।
४.तरकारी बजार व्यवस्थापन समितिले ट्याङ्कीमा पानी ,साबुन र स्यानिटाइजको व्यवस्था गर्ने र समदूरीका निम्ति रेखा कोर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश