मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा परीक्षण गरिएको ३ जनाको स्वाब नेगेटिभ

बुधबार, १९ चैत २०७६, १४ : २०
बुधबार, १९ चैत २०७६

पोखरा । पोखरामा कोरोना भाइरसको आशंकामा गरिएको ३ जना बिरामीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पिसिआर मेसिन सञ्चालनमा ल्याएपछि ३ जना बिरामीको स्वाब जाँच गरिएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको हो । 

मंगलबार स्वाब जाँच गर्न सुरु गरे पनि विभागमा पठाइ सकेपछि मात्रै बुधबार रिपोर्ट सार्वजनिक गरिएको उनले बताए ।  हिजो बेलुका ३ जना बिरामीको स्वाब जाँच गरिएकोमा तिनै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए । 

बुधबार भने स्वाब जाँच गर्नका लागि कोही पनि बिरामी नआएको उनले सुनाए । विभागले जाँच्ने रिपोर्ट र आफूहरुले जाँच गरेको रिपोर्टमा कुनै परक नभेटिएको उनले बताए । 

कोरोना जाँच गर्ने मेसिन हिजो मात्रै हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप