शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जङ्गली हात्ती मृत फेला

बुधबार, १९ चैत २०७६, १३ : ३६
बुधबार, १९ चैत २०७६

बर्दिया । बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक घलेले जानकारी दिए । सीमावर्ती भारत उत्तर प्रदेश राज्यको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दियासँग जोडिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप