धुर्कोट गाउँपालिकाले सुरु गर्यो विपन्नलाई राहत वितरण
गुल्मी । विपन्न मजदुरहरुको चैते दशैलाई मध्ये नजर राख्दै गुल्मीको धुर्कोट गाउँपालिकाले अघिल्लो दिन नै त्यहाँका अति विपन्न, अपाङ्ख र अन्य असाहयहरुलाई अत्यावश्यक राहत वितरण गरेको छ । जिल्लाका अन्य स्थानीय तह अलमलमा परिरहेको बेला उक्त गाउँपालिकाले राहत वितरण गरेको हो ।
मंगलबार त्यस गाउँपालिकाले ६० घरधुरी विपन्न परिवारलाई प्रति घरधुरी २५ किलो चामल, ५ किलो आलु, एक लिटर तेल र एक किलो नुनका दरले राहत वितरण गरेको हो । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेले भने, ‘आज चैते दशैको दिन पनि थप परिवारलाई राहत वितरण गर्दै छौं, हिजो र आज चैते दशैमा राहत वितरण गरे जस्तो राम्रो भोली हुँदैन । यसर्थ, हामी यहाँका जनप्रतिनिधि र कर्मचारीहरु आफुहरु चैते दशै मनाउँदै निवासमा बस्न सक्दैनौं ।’
गाउँपालिकाका उपाध्यक्ष शिवबहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी सहितका कर्मचारी र सबै जनप्रतिनिधिहरुको सहयोगमा राहत वितरण गरिएको हो । जिल्लाका १२ वटा स्थानीय तहमध्ये कोरोना भाईरस रोकथामका लागि धुर्कोट गाउँपालिकाले सबैभन्दा पहिला ५० लाख रकमको कोष स्थापना गरेको थियो ।
गाउँपालिकाले यसमा आम धुर्कोटवासीलाई पनि सहयोग गर्न अपिल गरेको छ । फलतः पछिल्लो चार दिन मै देश विदेशमा रहेका धुर्कोटवासीले ५ लाख रुपैयाँ त्यस कोषमा राहत रकम पठाएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
धुर्कोट गाउँपलिका वडा नम्वर ७ का वडाध्यक्ष हिमप्रसाद पन्थी भने, ‘हाम्रो वडामा एक परिवार यति सम्म विपन्न छ कि दशैमा समेत तेलको भुटुन राखेर तरकारी नपकाउने त्यस परिवारले यसपालाको चैते दशैंमा गाउँपालिकाको राहत रकम पाएर हर्षित भएको छ ।’
यता सदरमुकामको रेसुङ्खा नगरपालिका भने थुप्रै अलपत्र मजदुरहरुको दुःखमा मुकदर्शक बनेको छ । एक हप्तादेखि सरोकारवालाले दैनिक जसो ध्यानकृष्ट गराउँदा पनि उसले तयारी नपुगेको भन्दै नगरभित्रका मजदुरहरुको चैते दशै रमाइलो बनाइदिन सकेन । मेयर डिल्लीराज भुसालले जिल्ला प्रशासन कार्यालयले मापदण्ड बनाएर एकद्धार प्राणालीबाट राहत वितरण गर्न भनेकोले तत्काललाई रोक्नुपरेको बताए । सर्वदलिय बैठकमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उक्त निर्देशन दिनुभएको उनले बताए ।
गुल्मी उद्योग बाणिज्य संघले लक डाउन घोषणा भएको तीन दिनपछि देखि नै गरिव मजदुरहरुलाई अत्याबश्यक खाद्य वस्तु वितरण गर्ने तयारी गरेको थियो । प्रमुख जिल्ला अधिकारीले रोकेका कारण आफुहरु हच्किएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । प्रमुख जिल्ला अधिकारी शर्माले भने आफुले त्यसरी रोक्न नसक्ने प्रतिकृया दिए । ‘स्थानीय सरकार आफैले निर्णय लिन सक्छ, मैले रोक्नै मिल्दैन, मैले त सुझाव दिने हो’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा