१८ सयभन्दा धेरै कम्पनी खारेज, राजस्व संकलनमा बृद्धि
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दैनिक १५० सम्म कम्पनी दर्ता हुने गरेको छ । कम्तिमा १ लाख रुपैयाँदेखि व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था भएको कारण पनि सामान्यदेखि ठूला व्यवसाय गर्नेको संख्या पनि बढ्दो मात्रमा रहेको पाइन्छ । नेपालमा वि.सं. २०४९ देखि व्यवसाय गर्नेको संख्या संकलन गर्न थालिएको हो । आर्थिक वर्ष २०७२/७३ सम्ममा कम्पनी दर्ताको संख्या हेर्ने हो भने १ लाख ५० हजार ८ सय ९४ रहेको छ ।
२०७२/०७३ मा पब्लिक लिमिटेड १३ सय ५० तथा २०७३/०७४ मा ८८ वटा दर्ता भएका छन् । २०७२/०७३ मा मुनाफा वितरणमा १ हजार ७९ वटा कम्पनीहरु दर्ता भएको थियो भने २०७३/०७४ मा ३ सय ९७ वटा कम्पनीहरु दर्ता भएका छन् । अहिलेसम्म विदेशी कम्पनीहरु १ सय २७ वटा दर्ता गरिएको छ । २०७३/०७४ मा ३९ वटा विदेशी कम्पनीहरु थप भएका छन् ।
रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वारबाट ३ प्रकारमा कम्पनी दर्ता गर्न पाइने व्यवस्था गरिएको छ । प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड र मुनाफा रहेका छन् । यस्तै विदेशी कम्पनी पनि दर्ता गर्न पाइने प्रावधान रहेको छ । नेपालमा लगानी गर्ने चाहेको खण्डमा विदेशीहरुले कम्पनी दर्ता गरेर काम गर्न सकिने छ । तर संख्याको आधारमा निकै कम रहेका छन् ।
राजस्व संकलमा बृद्धि
नेपालमा दर्ता भएका कम्पनीहरुबाट राजस्व संकलमा पनि बृद्धि भईरहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा दर्ता भएको कम्पनीबाट मात्रै ५१ करोड राजस्व संकलन गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७३/७४ मा ६२ करोड राजस्व संकलन भएको नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वारका उप–रजिष्ट्रार तथा सुचना अधिकारी गंगाधर पौड्याले बताए ।
प्रा.लि. मा तर्फ आकर्षण बढ्दो
दर्ताको संख्या हेर्ने हो भने पनि अहिलेसम्म प्राइभेट लिमिटेडमा कम्पनी दर्ता गर्नेहरुको संख्या धेरै रहेको छ । नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयकाका अनुसार प्राइभेट लिमिटेड तर्फ व्यवसाय गर्ने नेपालीहरुको संख्या धेरै रहेको छ । प्राईभेट लिमिटेड व्यक्ति एक्लैले पनि सञ्चालन गर्न पाउने प्रावधान रहेको छ । प्रा.लि सञ्चालनको लागि न्यूनतम एक लाखदेखि अधिकतम जति पनि लगानी गर्न सकिने छ । पेट्रोल पम्प सञ्चालनको लागि आयल निगम, सुरक्षा निकाय सम्बन्धी कम्पनी दर्ताको लागि सुरक्षा निकायबाटनै सहमति प्राप्त भएको खण्डमा मात्रै कम्पनी दर्ता गर्न सकिनेछ ।
पब्लिक लिमीटेड दर्ताको लागि न्यूनतम १ करोडको रकम हुनुपर्ने छ । यस्तै मुनाफामा भने नाफा नखाने र सामाजिक सेवा गर्ने उदेश्यले सञ्चालन अथवा दर्ता गरिएको कम्पनीहरुमा पर्छन् । मुनाफमा कम्पनी दर्ता गर्नको लागि रकम तोकिएको छैन । कम्पनी सञ्चालन गर्ने व्यक्तिहरु ले तोकेको लगानीमा संस्था चलाउन सकिने छ । मुनाफा संचालकहरुले कम्पनीबाट नाफा खान पाउने छैन । विशुद्ध सामाजिक क्रियाकलाप गर्ने उदेश्यले मुनाफामा कम्पनी दर्ता गर्न मिल्नेछ ।
१८ सय भन्दा धेरै खारेज
अहिलेसम्म दर्ता भएको कम्पनिको संख्या मध्य २०७२/०७३ सम्म १८ सय २७ वटा कम्पनी खारेजीमा परेको छ । यस्तै २०७३/०७४ मा पनि ४ सय कम्पनीहरु खारेज गरिएको उपरजिस्ट्रार पौड्यालले बताए । खारेजीमा पर्ने मध्ये धेरै जसो व्यवसाय परिवर्तन गर्ने रहेका छन् । वि.स २०७० बाट कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाई सेवाको पनि व्यवस्था गरेको छ । अनलाइन सेवाको व्यवस्था पछि कम्पनी दर्ता गर्नको लागि व्यवसायीहरुलाई सहज भएको बुझिएको छ ।