शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भोकभोकै मर्नु पर्ने अवस्था छैन, प्यूठानमा डेढ महिनालाई पुग्ने खाद्यसामग्री सञ्चित

बुधबार, १९ चैत २०७६, ११ : ४७
बुधबार, १९ चैत २०७६

 प्युठान - विश्वव्यापी रुपमा  फौलिएको  कोरोना भाइरस कोभिड– १९ का कारण यतिबेला मुलुक नै लकडाउनमा छ ।  लकडाउन भएपछि  प्यूठान जिल्लामा खाद्य बस्तुहरु आयात ठप्प छ । आयात ठप्प हुनुका साथै जिल्ला बाहिर रहेका अधिकांश व्यक्तिहरु  गाउँघधर फर्किएपछि खपत बढि रहेको छ । 

मुलुक लकडाउन भएको पाँचौ दिन बित्न लाग्दा जिल्लामा खाद्यबस्तु घट्दै गएको अनुमान लगाउन सकिन्छ । बजार क्षेत्रका ठूला गोदामहरु र गाउँ–गाउँमा रहेका किराना पसल सबै यतिबेला बन्द छन् । साँझको समयमा एकैछिन पसल खुल्ला राखेतापनि  दिनभर उकडाउनको मै बस्छन् व्यापारीहरु । 

प्यूठान उद्योग बाणिज्य संघको मातहतमा रहेका नौ वटै स्थानीय तहका १३ सय व्यापारहरुले खाद्यबस्तु  तथा किराना सामाग्री  गाउँ–गाँउमा विक्रीवितरण  गर्दै आएको प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले बताए । 

‘जिल्लामा डेढ महिनालाई पुग्ने खाद्य बस्तु छ ।’ अध्यक्ष कक्षपतिले भने–‘हाल बजारका व्यापारिसंग खाद्यान्न स्टक नरहेपनि गाउँ गाउँमा एकै घरमा ३–४ बोरा चामल सम्म स्कट राखेका छन्, यसकारण जिल्लामा तत्काल खाद्य बस्तु अभाव हुने चिन्ता छैन ।’ गाउँ–गाउँमा लोकल मदिरा उत्पादनलाई  अनिवार्य रोक लगाउन सकेको खण्डमा तत्काल खाद्यन्न अभाव हुने सम्भावन नरहको व्यवसायीहरु बताउछन् । 

गाउँ तथा बजार क्षेत्रमा  गहुँ भित्र्याउँने समय भएकोले पनि डेढ महिना सम्म प्यूठानबासी जनता खान नपाएर मर्नु नपर्ने उनले बताए । जिल्लाका प्रमुख व्यापारी समेत रहेका कक्षपतिले बजार क्षेत्रमा कोठाभाडा लिएर बस्दै आएका व्यक्तिहरुलाई आवश्यक परेको खण्डमा  आफ्नो गोदामबाट अत्यावश्यक सामान बिक्री गर्ने गरेको बताउँछन् । ‘अन्य अवस्थामा हामीले दैनिक १ सय क्वीन्टल चामल विक्री गर्ने गर्थौ’ उनले भने –‘हाल गाउँबाट कसैले  खाद्य सामाग्री चाहियो भनेर फोन सम्पर्क गरेका छैनन् सायद आफुसंग भएरै होला ।’

 यदि गाउँमा खाद्य सामाग्रीको हाहाकार भएको भए  केही कैसले आफुलाइ जानकारी गराएमा कुनै माध्यमबाट खाद्यान्न पु¥याउने अध्यक्ष कक्षपतिले बताए ।  करिब हप्तादिन यता जिल्लामा खाद्य सामग्री निर्यात नहुंदा आफ्नो पसलमा  १ सय बोरा चामल स्टक रहेको प्यूठान नगरपालिका ४ विजुवार क्षेत्रका मुख्य व्यापारी हिमाल श्रेष्ठले बताए ।  ऐरावती क्षेत्र र जुम्रीकाढाँ तिर निर्यात गर्दै आएका उनले आज पनि स्टकमा भएको  चामल  गाउँ पठाउन थालिएको बताए । जुम्रीकाँढामा खाद्य साम्राग्री आवश्यक परेको जानकारी पाएसंगै चामल पठाउन थालिएको उनले बताए । 

जिल्लामा खाद्य सामाग्री संगै ग्यास पनि तत्काल अभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले बताए । ‘जिल्लाका ग्यास व्यवसायीहरुसंग पटक पटक कुरा गरेका छौं उहाँहरुले तत्काल ग्यास अभाव नहुने जानकारी दिएका छन्’ प्रजिअ पन्थले भने–‘जिल्लामा नुनको अभाव भएको भन्ने थाहा पाएसंगै आज कृष्णनगरबाट नुन ढुवानीको लागी गाडी पठाइ सकेका छौं ।’ जिल्लामा तत्काल अभाव भएका सामाग्री आयात गर्न बिहिबार जिल्लाका सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व हुने व्यापारी संग बैठक बसी जानकारी लिएको समेत उनले जानकारी दिए । 

प्रवेशद्धारकै हेल्थडेक्स बन्द 
गत आइतबारदेखी प्युठान  र दाङको सिमानामा पर्न ददेरीमा सञ्चालनमा ल्याईएको हेल्थडेक्स बन्द गरिएको छ । नेपालनै लकडाउन भएको समयमा जिल्ला भित्रने यात्रुहरु आउने क्रम रोकिएपछि हेल्थडेक्स बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए । 

यात्रु आवातजावतमा रोकिएको समयमा स्वास्थ्यकर्मीलाई त्यतिकै बस्नुभन्दा अन्य ठाउँमा परिचालित गर्नका लागि समेत हेल्थडेक्स बन्द गरिएको उनले बताए । नेपाल प्रवेश नाका स्वास्थ्य परिक्षण हुने र भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न थालेसंगै प्यूठान भित्रिने आप्रवासी खासै नदेखिएपछि हेल्थ डेक्स बन्द गरिएको प्रजिअको भनाइ छ । 

जिल्लामा अहिले २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतीय मुलबाट आए ति व्यक्तिहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र घर जान दिइने स्थानिय तहले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप