नेकपा नेता तामाङद्वारा घरभाडा निलने घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बागमती प्रदेश कमिटी सदस्य तेम्ब्रेल तेम्बा तामाङले आफ्नो घरमा भाडामा बस्दै आएका र व्यवसाय सञ्चालन गर्दै आएकाहरुबाट एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरेकोसँगै तामाङले पनि चैत महिनाको एक महिनाको घरभाडा नलिने निर्णय लिएका हुन् ।
मानवीय संवेदना र सहकारको आग्रहलाई पालना गर्दै आफूले काठमाडौंस्थित घरको दुई फ्लाइटमा भाडामा बस्दै आएकाको एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको उनले बताए ।
रसुवाका स्थायी बासिन्दा उनले स्याफ्रुबेसीमा रहेको घरको सटर भाडामा लिइ व्यवसायी गर्नेहरुबाट पनि एक महिनाको भाडा नलिने बताएका छन् । पारिवारिक सल्लाह गरेर आफू सो निर्णयमा पुगेको उनले बताए ।
आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै एक महिनाको भाडा मिनाह गर्न घरबेटीहरुलाई आग्रह गरेको थियो ।
घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’