बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ऋषि धमलाकी श्रीमती एलिजाको आक्रोशः मानहानी गरेर मान्छे मार्न खोज्ने ?

बुधबार, १९ चैत २०७६, ०९ : ५९
बुधबार, १९ चैत २०७६

सञ्चारकर्मी ऋषि धमलासँग विवाह गरेदेखि एलिजा गौतम बेलाबेला चर्चामा आइरहन्छिन् ।

उनी कहिले आफ्नो अभिव्यक्तिका कारण चर्चित भइन्, कहिले आफ्नो पहिरनका कारण । उनलाई सर्वाधिक चर्चित त उनको पहिलो फिल्म ‘अनुराग’ ले बनायो ।

फिल्ममा उनको अभिनयको अत्यधिक आलोचना भयो । आफैंले फिल्म निर्माण गरेर आफैं नायिका भएको भन्दै उनलाई धेरैले खेदो खने । यता एलिजा आफैंले पनि आफ्नो गल्ती स्विकार गर्दै अभिनयमा आउन आफूले हतार गरेकै हो भनी ठहर गरिन् ।

केही दिन अघि लकडाउनका बेला युट्युबमा केही फिल्म सार्वजनिक गरिए । जसमा एलिजाद्वारा अभिनित अनुराग पनि समावेश छ ।

उक्त फिल्मबारे ट्रोल कलिउड नामको फेसबुक पेजले अनुराग फिल्मको ट्रोल बनाएको छ । जसमा लेखिएको छ, ‘जिन्दगीमा ठूलो गल्ती गर्नबाट जोगिएछु, अनुराग हलमा नहेरेर ।’

अनुराग फिल्मको पोस्टर पोष्ट गर्दै लेखिएको छ, ‘निर्माता तथा निर्देशकमा बिन्ती, यस्तो चलिचित्र नबनाउनु होला । जुन चलचित्रले गर्दा नेपाली चलचित्र क्षेत्र नै बदनाम हुनेछ, नेपाली चलचित्र प्रेमीको मन भड्किन सक्छन् । चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।’

यसमा एलिजाले प्रतिक्रिया दिँदै आक्रोश पोखेकी छिन् । एलिजाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘मेरो पहिलो प्रयास, मेरो पहिलो फिल्म । सानै देखिको रहर मेरो हिरोइन बन्ने थियो । यतिखेर जुरेछ मलाई यो फिल्म गर्न । दोस्रो सन्तान छोरा जन्मेको ३ महिनाको छोरा मेरो मम्मीलाई हेर्न दिएर अनुराग फिल्म बनाएँ, खेलेँ ।’

‘अमिताभ बच्चन, ऋषि कपुरजस्ता महानायकको फिल्म त ५ वटा फिल्म गर्दा बल्ल चल्छ भने हामी को हौं र एकैचोटी हिट हुने ? ट्रोल कलिउड तपाईं कहाँको सुपरस्टार हो ? मान्छे एकपटक लड्यो भन्दैमा एकचोटी फिल्म फ्लप भयो भन्दैमा मानहानी गरेर मान्छे मार्न खोज्ने ? निर्माता, कलाकारको बेइज्जत गर्ने को हो तपाईं, कसले दियो तपाईंलाई अधिकार हँ ?’

त्यसपछि उनले अर्को स्टेटस पोस्ट गर्दै ट्रोल कलिउडविरुद्ध साइबर क्राइमको मुद्दा हालेको पनि जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप