बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले नेपालमा रहेका आफ्ना नागरिक लैजादै

बुधबार, १९ चैत २०७६, ०९ : ४३
बुधबार, १९ चैत २०७६

नेपालमा रहेका चिनियाँ नागरिकलाई लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउँदै छ ।

नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरी आफ्ना नागरिक लिन एयर चाइनाको जहाज आउने भएको हो ।

बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ । सरकारले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप