शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आकस्मिक सेवा नरोक्न निर्देशन

बुधबार, १९ चैत २०७६, ०९ : २७
बुधबार, १९ चैत २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई आकस्मिक सेवा दिई बिरामीको उपचार गर्न निर्देशन दिए । 

कोरोना भाइरसको शङ्कामा अस्पतालले बिरामी फर्काइरहेको बेला यस्तो निर्देशन दिइएको हो ।
उनले अस्पतालमा उच्च ज्वरोका बिरामी जाँदा उपचार नगरेर मृत्यु भएको भन्ने समाचार बाहिर आएकाले ज्वरो लगायतका समस्या लिएर आउने बिरामीलाई उपचार गर्न निर्देशन दिए । डा. कार्कीले अस्पतालले ज्वरोका बिरामीलाई कोरोनाको आशङ्कामा उपचार नगरेको भन्ने खबर आएको छ । आशङ्काको भरमा बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट पीडित बिरामीको मृत्यु हुने सम्भावना हुन्छ भने । उनले अस्पताललाई चाहिने आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छौँ, त्यसैले ज्वरोको बिरामीको स्वास्थ्य परीक्षण नगरी मर्ने स्थितिमा नपु¥याउनुहोस् भने । गोरखापत्रमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप