केन्द्रीय संस्करण
दृष्टिकोण

प्रदीप गिरीको लकडाउन डायरी : मृत्यु सत्य हो, भय किन ?

‘प्रेम र जीवन बाँच्ने कलामाथि हजारौँ किताब आएका छन् तर मृत्युमाथि किताबै छैन’

person explore access_timeचैत १९, २०७६ chat_bubble_outline3

कोरोना भाइरस (कोभिड–१९) लाई लिएर विश्वभर उत्पन्न भएको त्रास समाजवादी चिन्तक एवम् विचारकका रूपमा परिचित काँग्रेसका नेता प्रदीप गिरीलाई अस्वाभाविक लागेको छ । यसो हुनुका कारणमा उनी ‘जीवनको सत्य अङ्ग मृत्युप्रति विचार–विमर्श नहुनु’ ठान्छन् । रातोपाटीसँग नेता गिरीले कोरोनाबारे विश्वभर देखिएको भय र आफ्नो ‘लकडाउन डायरी’ यसरी सुनाए :

लकडाउन हुन एक दिनअघि नै म मरो गाउँ आइपुगेको थिएँ । यतिबेलामा आफ्ना गाउँमा बसिरहेको छु । यहाँ यसो केही पुलिस छिरेर यसो गर, त्यसो गर भनेर हप्कीदप्की गर्ने गरेको सुनेको छु । म बस्ने ठाउँमा त पुलिस आएको पनि छैन ।

ग्रामीण जीवनमा ५० वर्षअघि एक प्रकारको सरलता थियो । अहिले म त्यही अनुभव गरिरहेको छु । साथै, वर्षौंदेखि यहाँ थन्क्याउने गरेका किताबहरु थिए । लामो अन्तरालपछि ती किताब हेर्न समय पाएको छु । अहिले ती किताबहरु हेरिरहेको छु ।

अहिले म नयाँ किताब कम, पुराना किताब बढी पढ्ने गरेको छु । माओ चतुङको ‘रेडबुक’कै कपी गरेर आफ्नो देशको राजनीतिका लागि पोलपोटले ‘रेडबुक’ बनाएका थिए । अहिले त्यही किताब पढेर मन मनै हाँस्दैछु ।

यस्तै विश्वको साहित्य जगत वा अङ्ग्रेजी साहित्यमा उत्कट र दारुण प्रेमकथा भएको उपन्यास ‘वदरिङ हाइट’ बाहेक दुनियाँमा अर्को लिखिएको छैन । मैले तेस्रो पटक त्यो किताब पढिरहेको छु । अर्को, गान्धीजीले कल्पना गरेको स्वराज बारेमा एउटा आलोचनात्मक किताब लेखिएको छ । त्यो किताब पनि पढ्दै छु ।

आज (सोमबार) एक जना क्रिस्चियन मित्र आइपुगे । ‘तिमी किन क्रिस्चियन भयौ ?’ भनेर मैले उनलाई बाइबलको कुरा सोधेँ । उनले मलाई बाइबलको कथा सुनाउन थाले । उनले सुनाएको कथामा तथ्यगत त्रुटि देखेर मैले उनलाई सम्झाउँदै रामायणको एउटाप्रति पढ्न दिएँ । यतिखेर मेरो अगाडि बाइबललगायत चारवटा किताब छन् । आरामले पढिरहेको छु ।

लकडाउनमा मेरो नयाँ दिनचर्या केही छैन । हाउस (संसद) जाने वा बैठक जानेबाहेक मेरो दिनचर्या कहिले पनि केही नयाँ हुँदैन । मेरो आइप्याडमा युट्युबबाट पहिले नै डाउनलोड गरी राखिएका साङ्गीतिक कार्यक्रमहरु हुन्छन् । जहिले पनि जहाँ पनि बिहान उठ्नेवित्तिकै चालू गरिदिन्छु । यस्ता कुरा सुन्ने मेरो विचित्रको बानी पनि छ । अनि कालो चिया लिन्छु । सङ्क्षिप्तमा भन्दा मेरो दिनचर्या काठमाडौँमा जे थियो, यहाँ पनि त्यही छ ।


प्रत्येक सङ्कटमा अवसर हुन्छ भनेर मैले मात्र भनेको होइन । बिल गेट्सलगायतले पनि यसबारेमा लगातार लेखिरहेका छन् । कति मान्छेले व्यङ्ग्यात्मक शैलीमा बढो मधुर पाराले कोरोनाका फाइदाहरु भनेर लेखिरहेका छन् । ती कुराहरु मेरा अगाडि पनि छन् । ‘कोरोना भाइरसले पहिलो पटक मानिसलाई परिवार भनेको काम लाग्ने इकाइ रहेछ भन्ने सिकायो’, भन्ने खालका पनि लेखेका छन् ।


काठमाडौँमा भए भेटघाटमा नियन्त्रण गर्नुपथ्र्यो होला । गाउँको घरमा बसेकाले त्यो पनि नियन्त्रण गर्नुपरेको छैन । मान्छे आफै डराएर टाढिएका छन् । यसका लागि तपाईंहरुलाई, सञ्चार जगतलाई र सरकारलाई धन्यवाद दिनुपर्ला ।

जहाँसम्म गाउँको सचेतनाको कुरा छ । चेतनाको त म जिम्मेवारी लिन सक्दिनँ तर भय भने भयङ्कर छ । कोरोनाबाट जोगिन दुई–दुई घण्टामा हात धुनु र नजिक नबस्नु भनेको छ । त्यो खासै दृष्टिगोचर भइरहेको छैन । तर भयले सचेतना क्षतिपूर्ति गरिराखेको छ । यो राम्रो पनि हो, राम्रो पनि होइन । भयले गरेको काम राम्रो हुँदैन । तर हामीले कुनै सङ्कट आउँदा त्यसलाई अवसरका रूपमा लिन सकिन्छ । यो कुरा मैले केही समयअघि संसदमा पनि बोलेको थिएँ । त्यसको दुईवटा पक्ष छ । त्यतिबेला यति ज्यादा तर्सिने र तर्साउने काम नगर्नुहोस् भनेको थिएँ ।

‘यस्तो रोग पनि छैन, जसको औषधी छैन...’ भनेर कुरा सुरु गरेको थिएँ । यहाँ सचेतनाभन्दा पनि बढी तर्साउने काम भइराखेको छ । यो नेपालमा मात्र होइन, भारतमा पनि भइराखेको छ, सर्वत्र पनि भइरहेको छ । अर्को कुरा प्रत्येक सङ्कटहरुमा अवसर हुन्छ ।

यो महत्त्वपूर्ण कुरा छ । प्रत्येक सङ्कटमा अवसर हुन्छ भनेर मैले मात्र भनेको होइन । बिल गेट्सलगायतले पनि यसबारेमा लगातार लेखिरहेका छन् । कति मान्छेले व्यङ्ग्यात्मक शैलीमा बढो मधुर पाराले कोरोनाका फाइदाहरु भनेर लेखिरहेका छन् । ती कुराहरु मेरा अगाडि पनि छन् । ‘कोरोना भाइरसले पहिलो पटक मानिसलाई परिवार भनेको काम लाग्ने इकाइ रहेछ भन्ने सिकायो’, भन्ने खालका पनि लेखेका छन् ।

प्रत्येक सङ्कटले मनुष्यलाई चेतना त दिएको छ  तर यो सङ्कटको आधारभूत कारण होः मानिसको ‘मै खाऊँ, मै लाऊँ, सुख सयल मै लिऊँ, मोज मै गरुँ’ भन्ने भन्ने प्रवृत्ति । त्यही हिसाबले हामीले प्रकृतिमाथि दोहन, शोषण, लुट, डकैती र पर्यावरणको विनाश गरिहेका छौँ ।


मृत्यु के आफैंमा त्यति त्रासद् सत्य हो त ? अहिले दुनियाँमा जुन सभ्यता चलिरहेको छ, यसलाई ठ्याक्कै के भन्ने थाहा छैन । तर गान्धीजीले यसलाई पशु सभ्यता भन्थे । म गान्धीजीको शब्द दोहोर्‍याउन चाहन्न । दुनियामा चलिरहको पशु र पाशविक सभ्यताले जीवनप्रति एउटा स्वस्थ दृष्टिकोण नै निर्माण गर्न सकेको छैन । मृत्यु पनि जीवनको अङ्ग हो भन्ने यसले बिर्सिन चाहन्छ ।


त्यसतर्फ आवश्यक सचेतना नै छैन । अर्को कुरा मृत्यु जीवनको सत्य कुरा होइन र ? तर मनुष्यका लागि मृत्युलाई किन यत्रो भयङ्कर र भयावह बनाएको ?

डाक्टरी पेशामा एलोपेथी भन्ने हाँगा छ विश्वमा चलिरहेको । त्यसको काम भनेको मानिसलाई मर्नबाट रोक्ने हो । अर्कोतिर आयुर्वेदले बाँच्न पनि सिकाउनुपर्छ, मर्न पनि सिकाउनुपर्छ । त्यसतर्फ पनि ध्यान दिए हुन्थ्यो भन्ने मेरो भनाइ हो । कोरोनाले सिर्जना गरेको भयावहताका बारे कुरा गर्दा मुलुकको हालत दयनीय रूपमा हास्यास्पद र हास्यास्पद रूपमा दयनीय छ ।

हाम्रो मुलुकको कुरा गर्ने कि नगर्ने भन्ने एकातिर छ । अर्कोतिर विश्व स्तरका कुरा गर्दा उन्नत, विकसित र सभ्य भनिएका देशहरुमा पनि मृत्युको त्रास देखियो । मृत्युको त्रासलाई हरेकका विचार र पद्धतिले साथ दिरहेका छन् ।

मृत्यु के आफैंमा त्यति त्रासद् सत्य हो त ? अहिले दुनियाँमा जुन सभ्यता चलिरहेको छ, यसलाई ठ्याक्कै के भन्ने थाहा छैन । तर गान्धीजीले यसलाई पशु सभ्यता भन्थे । म गान्धीजीको शब्द दोहोर्‍याउन चाहन्न । दुनियामा चलिरहको पशु र पाशविक सभ्यताले जीवनप्रति एउटा स्वस्थ दृष्टिकोण नै निर्माण गर्न सकेको छैन । मृत्यु पनि जीवनको अङ्ग हो भन्ने यसले बिर्सिन चाहन्छ । जीवन उज्यालो र अँध्यारोले भरिएको छ । सुग्घर र फोहोरीले भरिएको छ । अहिले सबैको पेटमा दिसा छ । तर मान्छेले त्यो शब्द पनि प्रयोग गर्न चाहन्न भनेर सभ्यताका आलोचकहरुले लेखेका छन् ।

पहिले हामी पाइखाना भन्थ्यौँ । त्यसपछि शौचालय भन्यौँ, ट्वाइलेट भन्यौँ, अहिले हामी ‘रेस्टरूम’ भन्दैछौँ ।

एउटा लेखकले ‘हामी जीवनका अप्रिय तथ्यहरुलाई इन्कार गर्दै जान्छौँ’ भनेर यसरी नाम बदलिएको विषयमा लेखेका छन् । यस्तै, मान्छे मृत्युबारे छलफल नै गर्न चाहन्न । मैले ५० वर्षअघि प्रेममाथि कति किताब छन् भनेर खोजें । त्यतिबेला प्रेममाथि कम किताब थिए । अहिले हेर्दा ‘प्रेम’ र ‘तपाईं कसरी खुसी हुन सक्नु हुन्छ ?’ भन्नेबारे एकदम बढी किताब छन् ।

मैले पढ्न लेख्न थालेको ५० वर्ष भयो । प्रेम र जीवन बाँच्ने कलामाथि हजारौँ किताब आएका छन् तर मृत्युमाथि किताबै छैन । मृत्यु के विचार विमर्श नगर्ने विषय हो ? वास्तवमा, हाम्राबीच मृत्युप्रति कुनै दृष्टिकोण नभएकाले नै आज हामी यति भयभीत छौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 1, 2020, 7:34 p.m. Sanjeeb
    Pradeep Sir! Your thought about death and the human fear surrounding it could be a bit more philosophical. It is the most difficult thing for a humanbeing to accept his/her death regardless of his philosophical study. But you have made a valid point that allopathy is only one of many branches (ways or methods) of treating illness and ailments in human beings! I believe that if persons of your stature start advocating the effectiveness of Ayurveda and herbal medicines , we will be able to find the cure to ailments and conditions like COVID-19. IAnd we can make a huge difference in the world by harnessing these Himalayan herbs. https://rajdhanidaily.com/id/8514/#
  2.  0 Reply
  3. April 1, 2020, 5:21 p.m. Basudev Parajuli
    पढेँ तर पनि शिर्षक संग पुरै सहमति रहेन। मृत्यु सत्य हो तर मृत्युको भय मानव मात्र नभई हर प्राणीमा रहन्छ। मृत्यु शारिरीक र सांसारिक अन्य हो त लेखमा जस्तो सहज स्वीकार कसरी हुन्छ?
  4.  0 Reply
  5. April 1, 2020, 11:34 a.m. Moti ram itani
    Wow, saraii ramro bichar Padhna saraii ramilo lagyo
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.