मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – यसरी सुरु भयोे अप्रिल फूल मनाउने चलन

बुधबार, १९ चैत २०७६, ०८ : २४
बुधबार, १९ चैत २०७६

संसारभर १ अप्रिललाई मुर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्वदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यों । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्नेगरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्यें । त्यसैले यस्ता मानिसलाई मुर्ख सम्झिएर अन्यले मजाक उडाए । 

अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी चाहिँ यस्तो पनि छ ।

भनिन्छ, पहिलेको क्यालेण्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेण्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो । यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे । जनताले राजाज्ञालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मुर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मुर्खहरुको दिन’ भनी नामाकरण गरे ।

यसरी पहिलो अप्रिललाई वर्षको शरुवात मान्नेहरुलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरु पठाएर खिसी उडाउन थाले । तिनीहरुलाई विभिन्न तरिकाले झुक्याएर मुर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरुलाई मुर्ख बनाउने प्रचलनको शुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।

अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दावी पनि छन् । एक किम्वदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मुर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको संकेत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अथ्र्याएका छन् र यतिबेला पनि झुक्याउने खेल हुन्थ्यों भनेका छन् । यद्यपी, १ अप्रिल कहीं उल्लेख छैन । केही रिर्पोटका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९  कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मुर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किम्वदन्ती प्रचलनमा छन् । 

१९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैं चर्चामा आउँछ । यसलाई देखेर मानिसहरुबीच भागदौड नै मच्चियो, त्रस्त मानिसहरु लामो समय लुके । तर बम नपड्किएपछि उनीहरु फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल । 

अन्य घटनाक्रम 

‘ईस्लामिक गणतन्त्र’ बन्यो ईरान

सन् १९७९ मा आजैका दिन ईरानमा इस्लामिक गणतन्त्र घोषणा भएको थियो । ईरानमा ईस्लामिक क्रान्ति सफल भएको दुई महिनापछि नयाँ सरकारले ईरानी इस्लामिक गणतन्त्रबारे ३० र ३१ मार्चमा जनमत संग्रह गराएको थियो । ईस्लामिक गणतन्त्र स्थापनाका पक्षमा ९९ दशमलव ३१ र विपक्षमा शुन्य दशमलव ६९ मतमात्रै खस्यो । २ करोड २० लाख सूचीकृत मतदातामध्ये २ करोड २ लाख ८८ हजार ८ सय ५१ जनाले मत खसालेका थिए र यसमध्ये १ लाख ४० हजार ९ सय ९६ ले मात्रै विपक्षमा मत खसाले । ईरानका नेता रुहोल्याह खोमिनेइले ईस्लामिक गणतन्त्रका पक्षमा मत खसाल्न आग्रह गरेका थिए । केही पार्टीहरुले आन्दोलनको सिद्धान्तअनुसार गणतन्त्र वा प्रजातान्त्रिक गणतन्त्र  नाममा जनमतसंग्रह घोषणा गर्नुपर्ने प्रस्ताव पनि गरेका थिए । तर, जनमतसंग्रहमा ‘ईस्लामिक गणतन्त्र ईरान’ कै पक्ष वा विपक्षमा मतदान गर्ने विकल्प मात्रै थियो । जनमतसंग्रहपछि १९०६ को संविधान खारेज गर्दै ईस्लामिक राज्यको नयाँ संविधान बनाइयो, यसलाई डिसेम्बर १९७९ मा भएको अर्को जनमतसंग्रहले पारित ग¥यो, यसपछि खोमिनेइ ईरानका सर्वोच्च नेता बने । 

नेदरल्यान्डस्मा समलिङ्गी विवाहलाई मान्यता 

२००१ मा आजैका दिन नेदरल्यान्डस् समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने विश्वकै पहिलो देश बन्यो ।  त्यसको दुई वर्षपछि बेल्जियम र क्यानेडामा पनि यसले मान्यता पायो ।  अहिलेसम्म विश्वका २९ देशले समलिङ्गी विवाहलाई मान्यता दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप