बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इटलीमा कोरोनाका कारण ६६ डाक्टरको मृत्यु, ८ हजार बढी स्वास्थ्यकर्मी संक्रमित

बुधबार, १९ चैत २०७६, ०८ : २३
बुधबार, १९ चैत २०७६

इटलीमा अहिलेसम्म १२ हजार ४ सय २८ को मृत्यु भइसकेको छ । यहाँ कूल १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ जसमध्ये ४ हजार २३ जनाको स्थिती नाजुक छ ।

इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सिलसिला रोकिएको छैन । स्थिती दिनप्रति दिन भयावह हुँदैछ । अझ, कोरोनाभाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै गइरहेको छ ।

इटलीको स्वास्थ्य एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार यहाँ अहिलेसम्म ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । केही दिनअघि यो आँकडा ४३ बताइएको थियो । यहाँ कूल ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप