शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ८ लाख नाघ्यो, मर्नेको संख्या ४१ हजार (अपडेट)

बुधबार, १९ चैत २०७६, ०० : ३०
बुधबार, १९ चैत २०७६

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण चौबिस घण्टामा विश्वभर ३४ सय ७७ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ३४ सय ७७ जनाको मृत्यु भएको हो । त्यस्तै मंगलबारसम्म संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ३७ हजार २१ पुगेको छ भने एकैदिन ५२ हजार ३६२ जना संक्रमित भएका छन् । मर्नेको संख्या ४१ हजार २ सय ४५ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी इटालीमा ८ सय ३७ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ सय ५३ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ भने बेलायतमा ३ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा २ सय ९० जनाको मृत्यु भएको छ । उता, बेल्जियममा १ सय ९२ जनाको मृत्यु भएको छ भने इरानमा १ सय ४१ जनाको मृत्यु भएको छ । अमेरिकामा एकैदिन १२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ भने फ्रान्समा ७ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इटालीमा ४ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ भने स्पेनमा ६ हजार ४ सय ६१ जनामा संक्रमण देखा परेको छ । उल्लेखित तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढ्री अमेरिकामा १ लाख ७६ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।

त्यसपछि इटाली, चाइना, जर्मनी लगायतका देशहरुमा संक्रमित हुनेहरुको संख्या बढी देखिएको छ । इटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने स्पेनमा ८ हजार २ सय ६९ पुगेको छ । त्यस्तै, अमेरिकामा मर्नेको संख्या ३ हजार ४ सय ३१, फ्रान्समा ३ हजार ५ सय २३ इरानमा २ हजार ८ सय ९८, बेलायतमा १ हजार ७ सय ८९, नेदरल्यान्डमा १ हजार ३९ जनाको अहिलेसम्म मृत्यु भएको छ । अन्य देशमा पनि मृत्युदर बढिरहेको देखिएको छ । तर संक्रमण सुरु भएको चीनमा भने महामारी नियन्त्रणमा आइसकेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप