शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा जलेर महिलाको मृत्यु

मङ्गलबार, १८ चैत २०७६, २२ : ०७
मङ्गलबार, १८ चैत २०७६

सिरहा । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको हो । 

शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको प्रहरी निरीक्षक पुरीले बताए ।

यता, मृतकका परिवारजनले अस्पताल र चिकित्सकको लापरवाहीका कारण यादवको मृत्यु भएको आरोप लगाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप