शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस उपचारका लागि नेपाल बैंकको हरेक प्रदेशलाई ५/५ लाख आर्थिक सहयोग

मङ्गलबार, १८ चैत २०७६, २१ : ५३
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं– नेपाल बैंक लिमिटेडले कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारलाई ५/५ लाख आर्थिक सहयोग दिने भएको छ ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन यस बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि १ करोड रकम आर्थिक सहयोग प्रदान गरिएको । 

साथै, कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारबाट भएका काम कारबाहीमा सहयोग पु¥याउनुपर्ने दायित्व बोध गरी ७ वटै प्रदेश सरकारलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व स्वरुपप्रदेश सरकारले स्थापना गरेकाकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित कोषमा जम्मा हुने गरी ५/५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । 

यसरी कोरोना भाइरस संक्रमण रोकथाममा यस बैंकको तर्फबाट कूल १ करोड ३५ लाख योगदान पुग्न गएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप