केन्द्रीय संस्करण

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0
file photo

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेका छिन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्था रहेकोले उनीहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिएका थिए ।  बेलायती राजकुमार ह्यारी दम्पत्ति अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लागेका बेला अमेरिकी राष्ट्रपतिले सो धारणा राखेका थिए । उनीहरु क्यानाडाबाट लस एन्जलसहुँदै त्यसतर्फ जान लागेका हुन् ।

राजकुमार दम्पत्ति क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराउनुभएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जानकारी दिएको छ ।  क्यानाडामा बस्दै आएका राजकुमार दम्पत्ति आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उडेका हुन् । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिन अघि उनीहरु उडेका थिए । 

कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीचको सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो । ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आएका थिए । अहिले अमेरिकाको क्यालिफोर्निया पुगेको हो । 

उनीहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसकेका छन् । एक स्वतन्त्र र सामान्य नागरिकका रुपमा बस्न लागेका उनीहरुले आफ्नै विमानमा क्यालिफोर्निया जाने बताएपछि राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राख्नुभएको बताइएको छ । 

राष्ट्रपति ट्रम्पले आइतबार ट्वीट गरी अमेरिका कोरोना भाइरसको प्रकोपमा रहेकोले बेलायतको राजदम्पत्तिलाई आफ्नो देशले सुरक्षाको प्रबन्ध गर्न नसक्ने बताउनुभएको अमेरिकी सञ्चारमाध्महरुले जनाएका छन् ।
साथै सो ट्वीटमा आफू बेलायतकी महारानी र संयुक्त अधिराज्यको महान साथी तथा प्रसंशक समेत रहेको पनि राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।

उनीहरु अमेरिका आउनका लागि क्यानाडा छोडेको भन्ने मैले थाहा पाएको छु, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि हामीले उनीहरुको सुरक्षा खर्चको व्यवस्थापन गर्न सक्नेछैनौँ– राष्ट्रपति ट्रम्पको ट्वीटमा भनिएको छ ।  उनको यो अभिव्यक्तिपछि राजदम्पत्तिका प्रवक्ताले भने बेलायती राजदम्पत्तिले अमेरिकासँग सुरक्षा सहयोगको याचना नगरेको स्पष्ट पारेका थिए ।

उनीहरुले एक विज्ञप्ति प्रकाशन गरेर अमेरिकाको तर्फबाट राजदम्पत्तिले सहयोगको याचना नगरेको र आफैले सुरक्षा खर्चको व्यवस्थापन गर्ने तयारी पहिले नै गरिसकेको बताएका थिए ।  मेघन अमेरिकाको लस एन्जलस सहरमा हुर्किएकी हुन् । अहिले पनि उनकी आमा सोही शहरमा बस्दै आएकी छिन् । त्यसैले उनीहरु लस एन्जलस पुगेका हुन् ।  त्यहीँबाट उनीहरु सोमबार नै क्यानिफोर्निया लाग्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । –एपी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.