सर्वोच्च अदालतको आदेश: निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउनु
काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले मंगलबार जारी गरेको आदेशमा कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट निजी अस्पताललाई नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो ।
अधिवक्ता पुष्पराज पौडेल लगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशमा सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
‘निजी स्वास्थ्य संस्थामा उपलब्ध बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,परिचारिका,एम्बुलेन्स चालकलगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनू’, सर्वोच्चको आदेशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने