केन्द्रीय संस्करण

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय: स्थानीय तहलाई ६ करोड ५० लाख राहत दिने

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0
file photo

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत दिने भएको छ ।  मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त रकम कोरोना भाइरस रोकथामकालागि प्रदेश सरकारले दिन लागेको हो । निर्णयअनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई ५ लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यो रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्ने छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.