लकडाउनले राजस्व चुहावट हुन पाएन
मङ्गलबार, १८ चैत २०७६, १६ : ३८
काठमाडौं । लकडाउनका कारण राजस्व अनुसन्धान विभागका कर्मचारीले पनि फुर्सद पाएका छन् ।
धेरैजसो कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । विभागका महानिर्देशक दीर्घराज मैनाली अहिले राजस्व चुहावटका घटना नभएको बताउँछन् ।
‘आवतजावत र सीमा नाका नै बन्द भएपछि राजस्व चुहावट नभएको हो’, उनले भने । यद्यपि, पछिल्लो समय राजस्व चुहावटमा कमी आएको विभागको दाबी छ ।
नेपालमा कोभिड १९ को संक्रमण रोक्न सरकारले चैत २५ गतेसम्मलाई लक डाउनको घोषणा गरेको छ । जसले सम्पूर्ण क्षेत्र प्रभावित बनेको छ । अहिले होटल, कलकारखाना, हवाइ सेवा, यातायात सेवा ठप्प छन् ।