पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनामा कोरोना संक्रमण नरहेको पुष्टि
मङ्गलबार, १८ चैत २०७६, १६ : ३१
काठमाडौं । सोमबार राजधानीका दुई अस्पताल पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ ।
कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सोमबार वीरमा २ र पाटनमा १ जनाकाे मृत्यु भएको थियो ।
उनले ज्वरोको बिरामी आउना साथ कोरोनाको संक्रमण भएको जसरी उपचार नहुने गरेको गुनासो समेत आउने गरेको भन्दै त्यस्तो नगर्न भन्दै सबैपक्षसँग अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल