शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा समस्या परे मलाई फोन गर्नुस्, समाधानको प्रयास गर्छु : राज्यमन्त्री मानन्धर

मङ्गलबार, १८ चैत २०७६, १५ : ५३
मङ्गलबार, १८ चैत २०७६

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई सिधै आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् । 

काठमाडौभित्र समस्यामा परेका सर्वसाधारणलाई सहजीकरणका लागि आफू तयार रहेको मानन्धरले जानकारी दिएका छन् । 

काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहेका मानन्धरले लकडाउनका क्रममा सर्वसाधारणलाई पर्नसक्ने समस्या समाधानका लागि आफू २४ सै घण्टा तयार रहेको बताए । 
मानन्धरले आफूसहित आफ्नो सचिवालयका सदस्यहरुसँग सिधा सम्पर्क गरेर समस्या राख्न आग्रह समेत गरेका छन् । लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै मानन्धरले सहरी क्षेत्रका सर्वसाधारणको सिमीततालाई मध्यनजर गर्दै काठमाडौंका जनतासँग हातेमालो गर्न आफू तयार रहेको बताए ।

 देशभर सरकारले संयन्त्र बनाएर जनताको जीवन रक्षाका लागि तिब्र रुपमा महत्वपूर्ण काम गरिरहेको बताउँदै मानन्धरले तत्काल काठमाडौंका जनतामा पर्ने समस्या समाधानका लागि आफूले सहजीकरण गरिरहेको बताए ।  

मानन्धरले विषम परिस्थितिमा मुलुक रहेकाले सिमीतताका बीचमा दैनिकी चलाउन पनि आग्रह गरेका छन् । यस्तो समयमा घर भित्रै बसेर सरकारले गरिरहेको पहललाई साथ दिन आम नागरिकलाई मानन्धरले आह्वान समेत गरेका छन् ।

 मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाइ आफ्नो मोबाइल नम्वर ९८५११५९५९२ मा सिधा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप