बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कीर्तिपुरमा ५०० क्षमताको क्वारेन्टाइन

मङ्गलबार, १८ चैत २०७६, १५ : ४६
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी विभिन्न वडामा करीब पाँच  सय क्षमताको क्यारेन्टाइनस्थल निर्माण गरेको छ । नगरपालिकाका  १० वटा वडामा  क्यारेन्टाइन बनाइएको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिमालले जानकारी दिइन् ।

उनका अनुसार नगरपालिका क्षेत्रमा रहेको त्रिविको विज्ञान कक्षमा ५० जना क्षमताको आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ । कोभिड –१९ बारेको सचेतनाका लागि टोलटोलमा साबुन पानी र स्यानिटाइजर तथा नगरभित्र रहेका स्वास्थ्यकर्मीका लागि ३० थान पिपिई  आफँैले निर्माण गरेर वितरण गरिसकिएको जानकारी दिइन् । ‘हामीले नगर क्षेत्रका बासिन्दालाई घरभित्रै बस्न आग्रह गर्दै जनचेतनामूलक सन्देश माइकिङ तथा पर्चामार्फत दिएका छौँ’, उनले भनिन्, ‘हामीले बजार अनुगमनलाई  पनि तीव्र बनाएका छौँ ।’

लकडाउनका अवधिमा कसैले कालोबजारी गरेको भेटिएमा कानूनबमोजिम कारवाही गर्ने समेत चेतावनी दिइएको बताउँदै उनले  हाल नगरपालिकासँग करीब  तीन महिनालाई पुग्ने चामल, दाल तथा तेल पर्याप्त मात्रामा मौज्दात रहेको  जिकिर  गरिन् ।  बजारमा एभरेष्ट, नेपाल र बाबालगायत खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने उपभोक्ताबाट गुनासो आएको पनि  अन्य खाद्य पदार्थको तत्काल समस्या नरहेको स्पष्ट पारिन् ।
नगरपालिकाले विदेश तथा अन्य स्थानबाट आएकाहरुलाई होम क्यारेन्टाइनमै बस्न निर्देशन दिएको छ । लकडाउनका अवधिमा नगरपालिकामा रहेका सात स्वास्थ्यचौकी, तीन शहरी स्वास्थ्य केन्द्र तथा कीर्तिपुर अस्पताल र विष्णुदेवी अस्पताल खुुल्ला राख्न निर्देशन दिइएको पनि प्रवक्ता रिमालले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप