शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाहिरबाट आएकालाई गाउँ छिर्न बन्देज

मङ्गलबार, १८ चैत २०७६, १५ : ४०
मङ्गलबार, १८ चैत २०७६

डेडेल्धुरा । डडेल्धुराको अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् । 

भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले  प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताए ।   अमरगढी नगरपालिका २ र ३ महाभारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन् ।

राउटे बस्तीमा मास्क र साबुन
परशुरामनगरपालिका – ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुनवितरण गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप