शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा राख्न खोज्दा डोल्पामा महिलाद्वारा आत्महत्याको प्रयास

मङ्गलबार, १८ चैत २०७६, १३ : १८
मङ्गलबार, १८ चैत २०७६

काठमाडौँ । देशभर कोरोना संक्रमण फैलिएसँगै क्वारेन्टाइनमा राख्न खोज्दा डोल्पामा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । स्वास्थ्कर्मीले क्वारेन्टाइनमा बस्न मानसिक दबाब दिएपछि आतमहत्याको प्रयास गरेकी ती महिलाको भनाइ छ । 

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा बनाएको ‘क्वारेन्टाइन’मा राख्न खोज्दा गुरूङ थरकी ती महिलाले ठूलीभेरी नदीमा हाम्फालेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । 

क्वारेन्टाइनमा सँगै रहेका अन्य महिलाहरुले नदीमा हाम फाल्नबाट जोगाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप