दुवईबाट आएका व्यक्तिलाई ज्वरो आएपछि स्वाब परीक्षण गर्न काठमाडौँ पठाइयो
नुवाकोट । कोरोना भाइरस (काभिड –१९) को आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ । नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि सो परीक्षण गर्न सो प्रयोगशालामा पठाइएको त्रिशूली अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डन डा.रेमकुमार राईको अनुसार अस्पतालको सम्पर्कमा रहेर घरमै रहेका ती व्यक्तिमा आइतबारदेखि ज्वरो आएपछि सोमबार साँझदेखि अस्पतालको आइशोलेशनमा राखेर निगरानीमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । सो भाइरसको आशंकामा जिल्लाबाट नमूना सङ्कलन गरी परीक्षण गर्न पठाइएको यो पहिलो पटक हो ।
यसैबीच, यही चैत ९ मा भारतबाट आएका एक जनामा पनि आइतबारदेखि उच्च ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइएको छ । काठमाडौसँग सीमा जोडिएका स्थानका ती व्यक्ति भारतबाट ९ गते आएपनि काठमाडौमा बसेको र त्यहाँ रहदाँ नै ज्वरो आएपछि आरामको लागी चैत १४ मा नुवाकोट स्थित घर आएका बताइएको छ ।
घरमा आएदेखि नै चिकित्सकसंगको निरन्तर फोन सम्पर्कमा रहेका उनलाई ज्वरो र श्वासप्रश्वासमा थप समस्या देखिएपछि त्रिशूली अस्पतालका चिकित्सकले काठमाडौ रिफर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?