शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा जनतालाई पिट्ने सशस्त्र प्रहरी निलम्बनमा परे

मङ्गलबार, १८ चैत २०७६, १२ : ३१
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् । 

भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्प सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए । 

ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो । त्यही दवावका कारण सशस्त्र प्रहरी चौधरीलाई कारवाही गर्न बाध्य भएको हो । 

गणेश चौधरीलाई हिजो बेलुका कारवाही गरिएको एसएसपी न्यौपानेले बताए । ‘अहिले एक महिनाका लागि निलम्बन गरिएको हो, घटनाको बारेमा थप छानविन भइरहेको छ, छाविनबाट आउने निष्कर्षका आधारमा थप कारवाही गर्ने कि नगर्ने भन्नेमा निर्णय हुन्छ’ उनले भने । 

एसएसपी न्यौपानेसहितका प्रहरी टोली कुटपिट भएकै दिन पीडित युवाको घरमा पुगेका थियो । उनले त्यहाँ कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भन्दै घटनालाई नउचाल्न आग्रह गरेका थिए । 

पीडित हरिकृष्ण साहका आफन्त सन्तोष यादवले कुटपिट गर्ने जहानमाथि कडा कारबाही हुनुपर्ने माग गरे । 

यसैबीच कुटपिटमा संलग्न जवानलाई हिजो नै क्याम्पमा झिकाइएको थियो भने  तत्कालै छानविन गरी उनीमाथि कारवाही गरिएको हो । गाउँपालिका अध्यक्ष दायानन्द गोइतले लकडाउनमा घरबाट निस्कन नहुने भएपनि आवश्यक सामान ल्याउन एकदुईजना निस्कदा प्रहरीले त्यसरी कुटपिट गर्न नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप