शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ९८ जना क्वारेन्टाइनमा

मङ्गलबार, १८ चैत २०७६, १२ : ४१
मङ्गलबार, १८ चैत २०७६

रौतहट । रौतहटको कटहरिया जनता माबीमा सञ्चालित क्वारेन्टाइनमा २८ जनालाई राखिएको छ । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएका २८ जनालाई क्वारेन्टाइनमा राखिएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न बाहिरबाट आउनेलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा अनिवार्य बस्नैपर्ने व्यवस्था सरकारले गरेको छ ।

भारतको दिल्ली, गुजरात र नेपालकै विभिन्न ठाँउमा बसेर काम गर्दै घर फर्केका २८ जनालाई कटहरियास्थित क्वारेन्टाइनमा राखएिको हेल्थ असिस्टेन्ट कृष्णनन्दन साहले बताएका छन् । उनीहरुलाई स्वास्थ्य जाँच गरिनुका साथै खाना र पानीको व्यवस्थासमेत गरिएको छ ।

कटहरिया नगरप्रमुख सीयाराम कुुश्वाहाको पहलमा कटहरिया माविको भवनमा हाल १ सय बेड रहेको क्वारेन्टाइन सञ्चालन गरिएको छ । एकजना डाक्टर लक्ष्मण गुप्ताको नेतृत्वमा पीपीईसहित तत्काल १० जना स्वास्थकर्मीले सेवा दिइरहेका छन् । क्वारेन्टाइनमा थर्मलगन, आक्सिजनलगायत आवश्यक औषधीको समेत कटहरिया नगरपालिकाले व्यवस्था गरेको हेल्थ असिस्टेन्ट साहले बताएका छन् ।

हाल १ सय बेडमा सञ्चालनमा रहेको कटहरिया क्वारेन्टाइनमा बेड सङ्ख्या बढाएर २ सय बेड बनाउने काम भईरहेको नगरप्रमुख सीयाराम कुश्वाहाले जानकारी दिएका छन् ।

उता, जिल्लाको मौलापुर नगरपालिकामा ३० बेडको क्वारेन्टाइन सञ्चालन भएको छ । एकजना डाक्टरको नेतृत्वमा एक दर्जन स्वास्थकर्मीले सेवा दिइरहेको नगर स्वास्थ संयोजक सुरेन्द्र रौनियारले बताए ।

त्यसैगरी जिल्लाको ईशनाथ, राजपुर, गौर, चन्द्रपुरलगायत १५ स्थानमा सञ्चालनमा रहेको क्वारेन्टाईनमा गरेर जिल्लामा बाहिरबाट आएका ९८ जनाको उपचार भइरहेको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्लाको चन्द्रपुरमा २ स्थानमा कोरोनाभाइरस संक्रमितको उपचार गर्न आइसोलेसन कक्ष सञ्चालनमा रहेको रौतहटका प्रजिअ बासुदेव घिमिरेले बताएका छन् । घिमिरेका अनुसार यसअघि चन्द्रपुरमा रहेका ३ जनाको स्वाब टेस्ट भएकोमा सबैको रिपोर्ट निगेटिभ भेटिएकाले रौतहटमा कोही संक्रमित रहेका छैनन् ।

हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमित बिरामी सबैजना बाहिर बाट आएको भएकाले बाहिर बाट जो कोही आएपनी १४ दिन अनिवार्य क्वारेन्टाईनमा बसेमा मात्र रोग नियन्त्रण हुने भएकाले यस प्रति सबैजना सजग भएर बाहरि बाट आउनेलाई अबिलम्ब क्वारेन्टाईनमा पठाउन पहल गर्न सिडिओ बाशुुदेव घिमिरेले जिल्लाबासीलाई आग्रह गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप