रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु
मङ्गलबार, १८ चैत २०७६, १० : ५२
काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
बा १४ च ९४९८ नम्बरको पिकअप भ्यान मंगलबार बिहान ५ बजे रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) टेकेन्द्र पौडेलका अनुसार मृत्यु हनुेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरी र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ ।
घाइते भएकाहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर पौडेलले बताए । पौडेलका अनुसार बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको हो ।
पिकअप भ्यानका चालक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।