मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीका राष्ट्रपतिद्वारा कोरोना भाइरससँग लड्न ७ महिनाको तलब दान

मङ्गलबार, १८ चैत २०७६, १० : २९
मङ्गलबार, १८ चैत २०७६

टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले कोरोना भाइरससँग लड्नका लागि आफ्नो ७ महिनाको तलब दान गर्ने घोषणा गरेका छन् । उनले सोमबार राष्ट्रिय एकता अभियान सार्वजनिक गर्दै यस्तो घोषणा गरेको सरकारी समाचार एजेन्सी एनादोलुले बतायो ।

‘म आफ्नो सात महिनाको तलब दान दिएर यो अभियानको सुरुवात गर्दैछु,’ उनले भने ।

यो अभियानमा मन्त्रीपरिषदका सदस्य र सांसदहरुले ७ लाख ९१ हजार डलर दान दिइसकेको एनादोलुले जानकारी दिएको छ ।

यो अभियान कोरोनाभाइरसका कारण आर्थिक अवस्था खस्किएका आफ्ना कम आय भएका जनतालाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको राष्ट्रपतिले जानकारी दिए ।

जोन होप्किन्स युनिभर्सिटीको डाटा अुनसार टर्कीमा हाल १० हजार ८ सय २७ व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप