बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमित युवतीसँगै आएका मुसिकोटमा ४ जना भेटिए

मङ्गलबार, १८ चैत २०७६, ०९ : ४३
मङ्गलबार, १८ चैत २०७६

गुल्मी । गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौँ उत्रेकी कोरोनाभाइरस संक्रमित युवतीसँगै गुल्मीको मुसिकोट नगरपालिकामा मात्रै ४ जना आएको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।

मेयर सापकोटाका अनुसार नगरपालिकाको वडा नम्बर–१ पौदी अमराईका एक जना काठमाडौँमा सुरक्षित रहेका छन्, वडा नम्वर ३ को  बडागाउँमा एक जना, मुसिकोट नगरपालिका–६ को कुर्घामा एक जना र वडा नम्वर ८ को वामीमा एक जनासहित चार जना आएका हुन् ।

‘अहिले विहान पनि उनीहरुको घर–घरमा पुग्दैछौँ । सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिरहेका छौँ । उहाँहरु सबैको स्वास्थ्य अवस्था राम्रो छ । तर पनि सावधानी अपनाउन भनिरहेका छौं,’ मेयर सापकोटाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप