बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – आईफिल टावरको उद्घाटन

मङ्गलबार, १८ चैत २०७६, ०८ : २२
मङ्गलबार, १८ चैत २०७६

आज ३१ मार्च । सन् १८८९ मा आजैका दिन आईफिल टावरको उद्घाटन गरियो, टावरका डिजाईनरगुस्ताभ आईफिलकै नामबाट यसको नामाकरण गरियो र अनावरण कार्यक्रमको अध्यक्षता पनि उनैले गरे । यस कार्यक्रममा तत्कालीन फ्रेन्च प्रधानमन्त्री पिर्रे टिरार्ड, अन्य विशिष्ट अतिथी तथा निर्माणमा खटिएका झन्डै २ सय मजदुर उपस्थित थिए ।

फ्रान्सेली क्रान्तिको सय वर्ष पूरा भएको अवसरमा ८ मे १८८९ देखि ३० अक्टुबरसम्म आयोजना हुने विश्व प्रदर्शनीको प्रवेशद्वारका रुपमा प्रयोग गर्न यसको निर्माण १८८७ बाट थालिएको थियो । निर्माणका लागि सरकारसामु विभिन्न १ सय डिजाईन पेश भएका थिए, त्यसमध्ये डिजाईजर गुस्ताभले विश्वकै अग्लो मानव निर्मित सम्पदा बनाउन गरेको प्रस्ताव पास भयो ।

फ्रान्सका केही चर्चित कलाकार र बौद्धिक व्यक्तिले सुरुमा यसको डिजाइनलाई लिएर आलोचना पनि गरेका थिए, यो टावर धेरै नटिक्ने उनीहरुको आरोप थियो । तर, यो टावर अन्तत फ्रान्सको सांस्कृतिक धरोहर नै बन्यो । टिकट काटेरै भ्रमण गरिने विश्वका स्मारकमध्ये आईफिल सर्वाधिक लोकप्रिय हो, यहाँ वर्षेनी ७० लाखको हाराहारीमा पर्यटक पुग्छन् ।

यो टावर ३ सय २४ मिटर अग्लो छ – झन्डै ८१ तले भवन बराबर । निर्माणताका आईफिल टावर विश्वकै सर्वाधिक अग्लो मानव निर्मित संरचना थियो, तर न्युर्योकमा १९३० मा क्राइस्लर भवन निर्माण भएपछि यो दोस्रो अग्लो संरचना बन्यो । यद्यपी, ३ सय मिटरको उचाई पार गर्ने यो पहिलो मानव निर्मित संरचना हो । १९५७ मा टावरको टुप्पोमा ‘प्रशारण एन्टेना’ राखियो, त्यसपछि फेरि यसले उचाईमा क्राइस्लर भवनलाई ५ दशमलव २ मिटरले उछिन्यो । आज पनि यो फ्रान्सको दोस्रो ठूलो भौतिक संरचना हो ।

अन्य घटना

१७७४ मा भारतमा डाक सेवाको पहिलो कार्यालय खुल्यो ।

१९२१ मा रोयल अस्टे«लिया एयरफोर्स स्थापना ।

१९८३ कोलम्बियाको शहर पोपायनमा आएको विनाशकारी भूकम्पबाट ५०० जनाको मृत्यु ।

१९८६ मेक्सिकोमा विमान ९४० दुर्घटना हुँदा सबै १ सय ६७ यात्रुको मृत्यु

(विगतका ठूला घटनाक्रमबारे पाठकलाई जानकारी दिने उद्देश्यले रातोपाटीले ‘इतिहासमा आज’ स्तम्भ सुरु गरेको हो । यो स्तम्भमा विगतका वर्षहरुमा आजकै दिन घटेका देश र विदेशका ठूला घटनाक्रमबारे संक्षेपमा जानकारी गराउने गरिन्छ–सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप