८७ हजार ग्यास सिलिन्डर वितरण
मङ्गलबार, १८ चैत २०७६, ०६ : ५५
काठमाडौं – नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ । यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो ।
चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
उपाध्यायले भने, “भारतबाट ग्यास पेट्रोल आयात भइरहेकै छ, हामीले बजारमा पठाएका पनि छौँ तर ग्यास पाएनौँ भन्ने पनि हुनुहन्छ त्यसैले पठाएको ग्यास कहाँ गयो भनेर हामीले डिलरसँग दैनिक विवरण माग गरेका छौँ, दैनिक विवरण आउन थालेको छ, ग्यास पाएनौँ भन्नेहरूको समस्या समाधानका लागि नै दैनिक विवरण लिएर काम गरेका छौँ, ग्यासको अभाव छैन, ग्यास पाइन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन