बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ को सामना कसरी गरिँदैछ ?

परीक्षण नै नगरिकन सङ्क्रमण छैन भनेर ढुक्कसँग बस्ने काम त भएको छैन ?
मङ्गलबार, १८ चैत २०७६, ०६ : ३६
मङ्गलबार, १८ चैत २०७६

सन् २०१९ को अन्तिम महिनामा चीनको हुबेई प्रदेशको राजधानीऊहानबाट सुरु भएको कोभिड–१९ विश्वव्यापी महामारीका रूपमा संसार भर फैलिएको छ । यी हरफ लेखिँदासम्म यसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७,२२,४३५ पुगेको छ र अहिलेसम्म ३३,९९७ मानिसले यसैको कारणले ज्यान गुमाउनुपरेको छ । सङ्क्रमित भएकामध्ये निको भएर जानेको सङ्ख्या १,९१,९९१ रहेको छ । अझै यसबाट कति क्षति हुने हो, त्यसको अनुमान गर्न सकिने अवस्था छैन । सबै खाले राष्ट्रहरु यो महामारीको सिकार भएका हुनाले यसका विरुद्धको लडाइँमा सम्पूर्ण विश्व नै कटिबद्ध भएर लागेको छ ।

राजनीतिक रङ ?

यो महामारी चीनबाट सुरु भएको हुनाले यसको पहिलो सिकार पनि चीन हुनु स्वाभाविक थियो । चीन यसबाट हावा कावा भइरहेको बेलामा खासगरी चीनमा जन गणतन्त्र हुँदै समाजवाद ल्याउन प्रत्यक्ष नेतृत्व दिने नेता, माओको विरोध गर्ने र समाजवाद भन्ने शब्दसँगै एलर्जी हुनेहरुले खिसीटिउरीको शैलीमा भद्दा किसिमले विरोध गर्न थाले । ‘बिरामी देश’ भन्ने शीर्षकमा लेख लेखेर केही अमेरिकी पत्रिकाले चीनलाई तुच्छ देखाउने काम गरे । चीनको मात्र होइन विश्वकै उत्पीडित जनताका नेता माओको मास्क लगाएको कृत्रिम फोटो छापेर  अपमानित गरे । यो माओको व्यक्तिगत मात्र नभएर माओका विचार, दृष्टिकोण प्रतिकै अनादर थियो ।


‘बिरामी देश’ भन्ने शीर्षकमा लेख लेखेर केही अमेरिकी पत्रिकाले चीनलाई तुच्छ देखाउने काम गरे । चीनको मात्र होइन विश्वकै उत्पीडित जनताका नेता माओको मास्क लगाएको कृत्रिम फोटो छापेर  अपमानित गरे । यो माओको व्यक्तिगत मात्र नभएर माओका विचार, दृष्टिकोण प्रतिकै अनादर थियो ।


अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको एउटा आधिकारिक भाषणमा कोरोना भाइरसको नाम फेरेर ‘चिनियाँ भाइरस’ राखेका थिए । यो नामकरण जातिवादी, नश्लवादी किसिमको भएको भनेर विश्व स्वास्थ संघले पनि विरोध ग¥यो । अमेरिकाभित्रैबाट पनि यसको चर्को विरोध भयो । यही महामारीकै सन्दर्भमा भएको जी–७ देशहरुको बैठकमा अमेरिकी विदेश मन्त्री पम्पेओले कोरोना भाइरसको नाम ‘उहान भाइरस’ राख्नुपर्छ भन्ने प्रस्ताव राखेपछि यसमा अमेरिका एक्लो प¥यो । बैठकको अन्तमा दिनुपर्ने संयुक्त विज्ञप्ती पनि जारी गर्ने अवस्था भएन । 

चीन सरकारको सफल प्रयास

चीनको उहानमा यो महामारी ओमाजोनको जङ्गलमा फैलिएको डढेलो जस्तो गरी अनियन्त्रित रूपमा फैलियो । यसको नियन्त्रण गर्न वर्तमान विश्वमा न औषधि पत्ता लागेको छ नत खोपकै आविष्कार भएको छ । यो अवस्थामा चीनले धैर्यतापूर्वक यसको सामना गर्ने प्रयास गर्‍यो । सबैभन्दा पहिले त उनीहरुले यसलाई गम्भीर चुनौतीका रूपमा लिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसलाई ‘जनयुद्ध’का रूपमा लिनुपर्छ भनेर सकृय र हस्तक्षेपकारी योजना ल्याए । यसलाई अनियन्त्रित रूपमा फैलिन नदिनका लागि चिनियाँ सरकारले ‘लक डाउन’को विधि अपनायो र दृढतापूर्वक लागू गर्‍यो । कथित लोकतन्त्रवादीहरुले ‘जनतामाथि तानाशाही लादियो’, ‘लोकतन्त्रमाथि दमन गरियो’ भनेर तीव्ररूपमा विरोध गरे । यसका साथै सरकारले उपचारका निमित्त डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी ४० हजारको सङ्ख्यामा परिचालन गर्‍यो । महामारी फैलिन नदिन र यसलाई नियन्त्रण गर्न चीन सरकार सफल भएको देखियो । यतिखेर चीन सरकारले चीनलाई ‘कोरोना भाइरसमुक्त’ घोषणा गरिसकेको छ । चीन सामान्य अवस्थामा फर्किएको र यातायात, बजार, कारखाना, शिक्षण संस्थाहरु सामान्य अवस्थामा चल्न थालेको घोषणा  गरेको छ । 


https://www.businessinsider.com

चिनियाँ राष्ट्रपति सी जिनपिङले यसलाई ‘जनयुद्ध’का रूपमा लिनुपर्छ भनेर सकृय र हस्तक्षेपकारी योजना ल्याए । यसलाई अनियन्त्रित रूपमा फैलिन नदिनका लागि चिनियाँ सरकारले ‘लक डाउन’को विधि अपनायो र दृढतापूर्वक लागू गर्‍यो । कथित लोकतन्त्रवादीहरुले ‘जनतामाथि तानाशाही लादियो’, ‘लोकतन्त्रमाथि दमन गरियो’ भनेर तीव्ररूपमा विरोध गरे ।


इटाली र अमेरिकामा जोखिम बढ्दै

सबैभन्दा बढी मानवीय र अन्य क्षति हुने देश इटाली बन्न पुगेको छ । त्यहाँ मर्नेहरुको सङ्ख्या १० हजार नाघेको छ । त्यसपछि अमेरिका र स्पेन पर्दछन् । विश्लेषकहरुको भनाइअनुसार खासगरी इटालीमा यस प्रकारको भयावह स्थिति पैदा हुनाको मुख्यकारण प्रारम्भमा यसलाई उनीहरुले गम्भीर रूपमा नलिनु नै हो भन्ने रहेको छ । पछि जब यो महामारीका रूपमा फैलियो, उनीहरुले नियन्त्रण गर्ने भरपूर प्रयास गरे तर धेरै ढिलो भइसकेको थियो । यो भाइरस ज्यादै छिटो गतिमा सङ्क्रमित हुने भएकाले अहिले त्यो काबुभन्दा बाहिर गएको जस्तो देखिन्छ । इटाली सरकार र त्यहाँका स्वास्थ्यकर्मीहरु धेरै मिहिनेत गरिरहेका छन् । विश्वभरिबाट यो विपदामा उनीहरूप्रति सहानुभूति र समर्थन छ । सायद चाँडै नै यसलाई नियन्त्रण गर्न उनीहरु सफल हुने छन् ।

अमेरिकामा कोरोनाभाइरस संक्रमित एक विरामीलाई उपचारको लागि लगिँदै । [Lindsey Wasson/Reuters]  https://www.aljazeera.com

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘लक डाउन’को विरोध गर्दै ‘संसारको सबैभन्दा शक्तिशाली र सक्षम देश अमेरिकाले बन्द लागू गर्ने बाटो लिँदैन’ भन्ने बयान सार्वजनिक गरेपछि त्यसले ठूलो बहसलाई जन्माएको छ । डाक्टरहरु, वैज्ञानिकहरु र संसारका सबैभन्दा धनाड्य र माइक्रोसफ्टका मालिक बिल गेटले पनि यसको कडा विरोध गरेका छन् ।


उता संयुक्त राज्य अमेरिकाको स्थिति केही भिन्न छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘लक डाउन’को विरोध गर्दै ‘संसारको सबैभन्दा शक्तिशाली र सक्षम देश अमेरिकाले बन्द लागू गर्ने बाटो लिँदैन’ भन्ने बयान सार्वजनिक गरेपछि त्यसले ठूलो बहसलाई जन्माएको छ । डाक्टरहरु, वैज्ञानिकहरु र संसारका सबैभन्दा धनाड्य र माइक्रोसफ्टका मालिक बिल गेटले पनि यसको कडा विरोध गरेका छन् । सबैभन्दा बढी सङ्क्रमित भएको न्युयोर्क राज्यलाई लकअप गर्ने आफ्नो घोषणालाई खारेज गर्दै ४ घण्टापछि नै ‘लकअप नगर्ने र अन्य तरिकाबाट उपचार दिने राष्ट्रपतिको अर्को घोषणा सार्वजनिक भएको छ । लकअप् पद्धति लागू गर्न सकिन्न भन्ने राष्ट्रपति ट्रम्पको भनाइका पछाडिको तर्क के छ भने यसबाट पर्ने आर्थिक भार अमेरिकाले थेग्न सक्दैन । समाचार अनुसार अमेरिकामा कोभिड–१९ को प्रकोप सुरु भएदेखि मात्र ३० लाखभन्दा बढी मानिसले बेरोजगार भत्ताका लागि फारम भरिसकेका छन् । यसबाट अमेरिकामा एउटा अर्को बहस पनि अघि बढिरहेको छ– नागरिकको जीवनको सुरक्षा पहिलो हो कि आर्थिक पक्ष ?

 नेपालको अवस्था

हाम्रो नजिकको छिमेकी देश चीनमा कोरोना भाइरसले त्यत्रो बबन्डर मच्चाउँदा पनि त्यसको सङ्क्रमण नेपालमा तत्कालै नदेखिनु हाम्रा लागि ठूलो वरदान नै थियो । यसलाई हामीले ठूलो अवसरका रूपमा लिनुपर्दथ्यो । हामीले बारम्बार सरकारलाई त्यसै प्रकारको सुझाव दियौँ । तर यो सरकारले त्यतिखेर यसलाई तत्कालको र प्रमुख विषय बनाएन । जब भारत लगायत कोरोना सङ्क्रमित देशबाट करिब ९ लाख मानिसहरु नेपालभित्र पसे, जब तिनीहरु भित्रैबाट पोजिटिभ केसहरु देखिन थाले अनि तिनीहरु कहाँका हुन्, कता छन् ? कति जनालाई तिनीहरुले भेटे, हात मिलाए, सङ्क्रमण गराए ? भन्ने खोजी भर्खर गर्न थालेको छ, यो सरकार । सङ्क्रमण फैलाउनु जति उनीहरुले फैलाइसके । परीक्षण नै नगरिकन सङ्क्रमण छैन भनेर ढुक्कसँग बस्ने काम त भएको छैन ? यसको परिणाम धेरै घातक हुने आशङ्का देशमा फैलिरहेको छ । कतै एकै पटक विस्फोटन त हुने होइन ? भन्ने सन्त्रास फैलिरहेको छ ।  सरकारले ‘लकआउट’को घोषणा गरेको छ । यो काम राम्रो हो तर ढिलो भयो । जे होस्, यसलाई लागू गरौँ । तर तल्लो वर्ग र दिनदिनै काम गरी खाने वर्गका लागि राहत र प्याकेज पर्याप्त छैन । तत्कालका लागि निम्न कामलाई अविलम्ब र तत्परताका साथ लागू गर्नु आवश्य देखिन्छ–१. सबै सङ्क्रमितहरुलाई पत्ता लगाएर अविलम्ब क्वारेन्टाइनमा राखेर उपचार गराउनुपर्छ ।


जब भारत लगायत कोरोना सङ्क्रमित देशबाट करिब ९ लाख मानिसहरु नेपालभित्र पसे, जब तिनीहरु भित्रैबाट पोजिटिभ केसहरु देखिन थाले अनि तिनीहरु कहाँका हुन्, कता छन् ? कति जनालाई तिनीहरुले भेटे, हात मिलाए, सङ्क्रमण गराए ? भन्ने खोजी भर्खर गर्न थालेको छ, यो सरकार । सङ्क्रमण फैलाउनु जति उनीहरुले फैलाइसके । परीक्षण नै नगरिकन सङ्क्रमण छैन भनेर ढुक्कसँग बस्ने काम त भएको छैन ? यसको परिणाम धेरै घातक हुने आशङ्का देशमा फैलिरहेको छ ।


२. सबै प्रदेशले परीक्षणको कामलाई तीव्रता दिएर सङ्क्रमितलाई उपचारको व्यवस्था गरी हाल्नुपर्छ । सङ्क्रमितको सङ्ख्या बढ्न दिनु हुँदैन ।

३. प्राइभेट अस्पतालहरुलाई पनि यो महामारीको उपचार गर्न अनिवार्य गराउनुपर्छ ।

४. अन्य रोगका सिरियस बिमारीहरुको उपचारको व्यवस्था अनिवार्य गर्नुपर्छ ।

५. स्वास्थ क्षेत्रमा काम  गर्नेहरुको सुरक्षा सामग्री र र्औषधि, मेसिनहरुको व्यवस्थाका साथै उनीहरुको इन्स्योरेन्स र पर्याप्त भत्ता आदिको  व्यवस्था गर्नुपर्छ ।

६. सुरक्षाकर्मीको उचित सुविधाको व्यवस्था गर्नु पर्दछ ।

७. यति लामो लकअपको मार खेपिरहेका तल्लो वर्गका र दिन दिनै कमाई खाने वर्गलाई खाने र अन्य दैनिक उपभोग्य वस्तुको ग्यारेन्टी गर्नुपर्छ । ८. निश्चित मापदण्ड तोकी बैङ्कको क्रण मिनाहा गर्नुपर्छ ।

९. समय तोकी बैङ्कको ब्याज मिनाहा गर्नुपर्छ १०. जनतालाई बिजुली महसुल मिनाहा गर्नु पर्दछ ।

यो सरकारका लागि यी काम गरेर देखाउने अवसर हो । यसमा सरकार खरो उत्रन सकेन भने नेपाली समाजले अग्रगामी परिवर्तनको बाटो रोज्ने कुरामा कुनै सन्देह छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीपी गजुरेल
सीपी गजुरेल
लेखकबाट थप