भुटानमा पनि ‘क्वारेन्टाइन’* को अवधि लम्ब्याइयो
एजेन्सी । भुटानमा क्वारेन्टाइन*को अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने क्वारेन्टाइन मंगलवारदेखी लागू हुने भएको छ।
भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने क्वारेन्टाइन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि क्वारेन्टाइन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।
भूपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने क्वारेन्टाइन घोषणा गरिएको हो ।
भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए ।
*यसअघि क्वारेन्टाइनको साटो ‘लकडाउन’ भएकोमा भुलसुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते