शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्वारेन्टाइनमै मनाइयो चैती छठ

सोमबार, १७ चैत २०७६, २२ : ०३
सोमबार, १७ चैत २०७६

काठमाडौं । मिथिला क्षेत्रमा श्रद्धा पूर्वक मनाउने यसपालीको चैती छठ होम क्वारेन्टाइरमै मनाइएको छ । 

यो पर्व नदी वा पवित्र जलाशयमा पुगेर मनाउने चलन छ । तर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण यसपाली वर्तालुहरु आआफ्नै घरमै जलाशय बनाएर आज अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न गरेको छ । 

कतिपयले आफ्नो घरको अगाडि जलाशय बनाएका थिए भने कतिपयले बारीमा बनाएका थिए । यहाँसम्म कि कतिपयले त टबमै पानी राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गरेका छन् । 

पर्वको मुख्य दिन सोमबार निराहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरेको छ । भोली उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वलाई समापन गर्ने छ । 

यसअघि व्रतालुले पर्वको पहिलो दिन गएको ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेको थियो । शरद र बसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने यो छठ पर्वलाई छैठी पर्व भन्ने गरिन्छ । 

शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । 

चैती छठ पनि धुमधामका साथ मनाउने गरिन्थ्यो तर यसपटक लकडाउनका लागि सुनसान देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप