‘भारतमा लकडाउन थप्ने तयारी छैन’
सोमबार, १७ चैत २०७६, २१ : २६
कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि लागु गरेको २१ दिन लामो लकडाउनलाई थप गर्ने कुनै तयारी नरहेको भारत सरकारले जनाएको छ ।
अत्यावश्यक वस्तुको आपूर्ती व्यवस्थित गर्न र लाखौँको संख्यामा मजदुरहरुको आवतजावतलाई रोक्न भारत यतिबेला संघर्षरत रहेको छ ।
क्वाबिनेट सचिव राजीव गौबाले एएनआईसँग कुरा गर्दै तीन हप्ताभन्दा बढी लकडाउन थप गर्ने सरकारको कुनै तयारी नरहेको बताए । उनले लकडाउन लम्बिन सक्ने मिडिया रिपोर्टको खण्डन पनि गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत २४ मार्चमा अप्रिल १५ सम्म देशका १.३ अर्ब जनतालाई घरभित्र बस्न निर्देशन दिएका थिए ।
तर, उनको निर्देशनलाई बेवास्ता गर्दै दैनिक ज्यालादारीमा काम गर्ने दिल्ली र मुम्बईका लाखौँ मजदुर हिँडेर आफ्नो गाउँतर्फ फकिएरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण