शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिजन पुरा भएन भने लिभरपुललाई विजेता घोषणा गर्नुपर्छ’

सोमबार, १७ चैत २०७६, २१ : १५
सोमबार, १७ चैत २०७६

कोरोनाभाइरसको महामारीका कारण यो इङ्लिस प्रिमियर लिगको सिजन पुरा गर्न सकिएन भने लिभरपुलाई विजेता घोषित गर्न न्यायसंगत हुने म्यान्चेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगानले बताएका छन् ।

अप्रिल ३० सम्मका लागि इङ्ल्याण्डमा फुटबल गतिविधिहरु स्थगित गरिएको छ । हाल लिभरपुलले डिफेन्डिङ च्याम्पियन सिटीमाथि २५ अंकको अग्रता बनाएको छ । र, ३० वर्षपछि लिग उपाधि जित्नका लागि मात्र दुई जीत टाढा रहेको छ ।

‘के सिजन छोट्याउन परे लिभरपुललाई उपाधि दिँदा हुन्छ ?’ जर्मन मिडिया जीडीएफले  गरेको प्रश्नमा उनले भने, ‘मेरो लागि हुन्छ ।’

‘खेलाडी भएपछि तपाईं न्यायसंगत हुनुपर्छ,’ २९ वर्षीय जर्मन खेलाडीले थपे ।

प्रिमियर लिगका क्लबहरु अप्रिल ३ पुनः बैठक बस्दैछन् । तर, अप्रिलको अन्त्यसम्म स्थगन जारी रहने अपेक्षा छ ।

युरोपियन फुटबलको नियामक निकाय युइएफएका अध्यक्ष अलेक्सान्डर सेफ्रिनले जुनसम्म लिग सुरु गर्न नसकिए सन् २०१९–२० त्यतिकै हराउने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप