शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसविरुद्ध लड्न बाबा रामदेवले गरे ४० करोड रुपैयाँ सहयोग

सोमबार, १७ चैत २०७६, २० : ५६
सोमबार, १७ चैत २०७६

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणविरुद्ध लड्नका लागि भारतका कयौं उद्योगी व्यवसायी एकताबद्ध भएका छन् ।  यसैक्रममा योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु (नेपाली ४० करोड) सहयोगको घोषणा गरेको छ । 

सोमबार बाबा रामदेवले भाइरसविरुद्ध लड्कालाई पतन्जलीले सो सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि यो फण्डमा दर्जनौ भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् ।  टाटा समूहले त अन्य उद्योगपतिको तुलनामा निकै धेरै अर्थात १५०० करोड भारु फण्डलाई दिने घोषणा गरिसकेको छ ।  पहिला ५०० करोड टाटा ट्रस्टमार्फत दिने घोषणा गरिएकोमा फेरि समूहले थप १००० करोड दिने घोषणा गरेको हो । 

यस्तै बलिउड अभिनेता अक्षय कुमारले पनि २५ करोड भारु दिने घोषणा गरेका छन् ।  भारतमा हालसम्म २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ भने यसबाट १ हजार ७१ जना प्रभावित भएका छन् । 
भारतमा कोरोना भाइरसको पहिलो केस जनवरी ३१ मा देखिएको थियो । –भारतीय सञ्चारमाध्यमको सहयोगमा रातोपाटीको सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप