इटालीमा ज्यान गुमाउने डाक्टरको सङ्ख्या ६१ पुग्यो
सोमबार, १७ चैत २०७६, २० : २९
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ ।
इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
मृत्यु भएका ६१ डाक्टरमध्ये ४० जना लोम्बार्डी क्षेत्रका रहेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।
इटालीमा ९७ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । विश्वमा अमेरिकापछि इटालीमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । इटालीले चाँडै नै १ लाखको कोशेढुंगा पनि पार गर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने