विदेशबाट आएका यात्रुको विवरण बुझाउन ट्राभल एजेन्टलाई नाट्टाको परिपत्र

काठमाडौं । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विदेशबाट जहाजमा आएका चार जना कोरोना संक्रमण देखिएपछि अन्य यात्रुहरुको विवरण उपलब्ध गराउन आफ्ना सबै सदस्यलाई परिपत्र गरेको छ ।
ट्राभल एजेन्टहरुको छाता संगठन नाट्टाका अध्यक्ष अचुत गुरागाईंले सोमबार एक विज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएका यात्रुसँगै आएका अन्यलाई सम्पर्कमा ल्याउन यात्रुहरुको विस्तृत विवरण पठाई दिन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित यात्रुहरुसँग यात्रा गर्ने अरु यात्रुहरुमा पनि उक्त भाइरस सर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै उहाँहरु कुनै पनि ट्राभल एजेन्टसहरुमार्फत टिकट काटेर नेपाल आउनुभएको हो भने उहाँहरुलाई सम्पर्कमा आउन र यात्रुहरुको विस्तृत विवरण नाट्टामा पठाई सम्बन्धित ठाउँमा पुर्याउनका निम्ति सहयोग गर्न सम्पूर्ण सदस्यहरुलाई परिपत्र जारी गरिएको छ ।,’
कोरोनाका कारण विश्व अर्थतन्त्रमै देखा पर्न थालेको नकारात्मक असरबाट नेपाल र नेपालको पर्यटन क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन थालेको अवस्थाप्रति नाट्टाले दुःख व्यक्त गरेको छ ।
नाट्टाले यस विषम परिस्थितिमा राज्यद्वारा जारी निर्देशन पालना गर्नु तथा राज्यलाई सहायता गर्नु नागरिकको दायित्व रहने भन्दै लकडाउनको पालनाका लागि अनुरोध गरेको छ । नाट्टाले कोभिड १९ को संक्रमण फैलिन नदिनका विदेशबाट आएका र आफूलाई शंका लागेकालाई सेल्फ क्वारेन्टाइनमा बस्न पनि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीको काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी
-
जयराज लिम्बुसहित सयौँ माओवादी केन्द्र प्रवेश
-
कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सकियो
-
किन पर्यो नेपाल सम्पत्ति शुद्धीकरणको खैरो–सूचीमा ?
-
फागुन २० देखि लुम्बिनीमा त्रिपिटक वाचन गरिने