केन्द्रीय संस्करण

विदेशबाट आएका यात्रुको विवरण बुझाउन ट्राभल एजेन्टलाई नाट्टाको परिपत्र

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

काठमाडौं ।  नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विदेशबाट जहाजमा आएका चार जना कोरोना संक्रमण देखिएपछि अन्य यात्रुहरुको विवरण उपलब्ध गराउन आफ्ना सबै सदस्यलाई परिपत्र गरेको छ । 

ट्राभल एजेन्टहरुको छाता संगठन नाट्टाका अध्यक्ष अचुत गुरागाईंले सोमबार एक विज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएका यात्रुसँगै आएका अन्यलाई सम्पर्कमा ल्याउन यात्रुहरुको विस्तृत विवरण पठाई दिन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित यात्रुहरुसँग यात्रा गर्ने अरु यात्रुहरुमा पनि उक्त भाइरस सर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै उहाँहरु कुनै पनि ट्राभल एजेन्टसहरुमार्फत टिकट काटेर नेपाल आउनुभएको हो भने उहाँहरुलाई सम्पर्कमा आउन र यात्रुहरुको विस्तृत विवरण नाट्टामा पठाई सम्बन्धित ठाउँमा पुर्‍याउनका निम्ति सहयोग गर्न सम्पूर्ण सदस्यहरुलाई परिपत्र जारी गरिएको छ ।,’

कोरोनाका कारण विश्व अर्थतन्त्रमै देखा पर्न थालेको नकारात्मक असरबाट नेपाल र नेपालको पर्यटन क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन थालेको अवस्थाप्रति नाट्टाले दुःख व्यक्त गरेको छ । 

नाट्टाले यस विषम परिस्थितिमा राज्यद्वारा जारी निर्देशन पालना गर्नु तथा राज्यलाई सहायता गर्नु नागरिकको दायित्व रहने भन्दै लकडाउनको पालनाका लागि अनुरोध गरेको छ । नाट्टाले कोभिड १९ को संक्रमण फैलिन नदिनका विदेशबाट आएका र आफूलाई शंका लागेकालाई सेल्फ क्‍वारेन्टाइनमा बस्न पनि अनुरोध गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.